काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले घर जग्गाको कित्ताकाँट खुल्ने भनेर बताएपनि अझै सम्म जग्गाको कित्ताकाँट खुल्न सकेको छैन । 

नेपाल सरकारको मन्त्री परिषदले जग्गाको कित्ताकाँटको निर्णय प्रमाणिकरण हुन नसक्दा निर्णय कार्यान्वयन हुन नसकेको हो । कित्ताकाट खुलाउने भनेर मन्त्रीपरिषदले वैशाख ५ गते गरेको निर्णय गरेको थियो ।

मन्त्री परिषदको निर्णय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएर निर्णय प्रमाणीकरण गरेर कार्यान्वयनमा जानु पर्ने हो तर  वैशाख १२ गते मन्त्रिपरिषद् अन्तर्गतकै आर्थिक तथा पूर्वाधार समितिमा पठाएको प्रस्तावलाई थप संशोधन गरी ल्याउन भन्दै फेरि भूमी व्यवस्था मन्त्रालयमै पठाइएको छ ।

जग्गाको कित्ताकाट खोल्ने भू–उपयोग नियमावली–०७९ को संशोधन प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा फिर्ता भएको हो ।

मन्त्रिपरिषद्बाट फाइल फिर्ता आएको र अहिले भू–उपयोग नियमावलीमाथि संशोधन गर्न फेरि गृहकार्य थालिएको मन्त्रालयको भूमि व्यवस्थापन महाशाखाले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै कित्ताकाट रोकिँदा घरजग्गामा भएको लगानी फ्रिज हुँदा अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै पुरानै अवस्थाबाट कित्ताकाट खोल्ने वताउनु भएको थियो ।

फायल तस्वीर