काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे लगतै  उनका स्वकीय सचिव पनि पक्राउ परेका छन् ।

। खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि आज बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।  

‘यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।