धरान।धरानमा वीर गोरखाली लाहुरेहरुको इतिहाँसको गाथालाई जीबित  बनाएर धरानको पर्यटनमा थप टेवा दिनका लागि आकर्षक ‘खुकुरी पार्क’ निर्माण भइरहेको छ ।

IMG_20230508_142642_1 (1)

धरान–१३ स्थित साँरंगा डाँडामा ४० फिट अग्लो खुकरी पार्क निर्माण कार्य भईरहेको हो ।गोर्खाली लाहुरेको पहिचान खुकुरी स्तम्भ नै उक्त पार्कमा देखिने छ । खुकुरीको स्तम्भ तयार भइसकेको छ भने लगभग ४ कठ्ठा जग्गामा आकर्षक पार्क सहितको रमणीय स्थल वन्ने भएको छ ।

उक्त खुकुरी पार्कको निर्माण कार्य ५० प्रतिशत काम भइसकेको धरान उपमहानगरपालिका वडा नम्बर–१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले बताउनु भयो।

IMG_20230508_142642_1 (1)

उहाँका अनुसार १३ नम्बर वडा  र सिँहापुरे लाहुरे राम प्रसाद राईको विशेष पहलमा खुकुरी पार्क निर्माण गर्ने कार्य अघि वढेको हो  । पार्क निर्माणको लागि राईले विशेष पहल गरि तत्कालिन १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको कार्याकालमा ५० लाख वजेट र अन्य सहयोगी दाताहरुको सहयोगमा निर्माण कार्य धमाधम भएको हो ।

IMG_20230508_153844_1

वडाध्यक्ष काफ्ले ले भन्नु भयो,‘हामी वडावासीलाई त पुर्खाको पुर्खौली सम्पति पाए जतिकै भएको छ,वीर गोर्खालीको इतिहाँसलाई जीवित पार्ने काम भएको छ र धरान पयर्टकीय क्षेत्र त भन्छौ तर यहाँ आएर  हेर्ने खालको ठाउँ चाहिँ के छ,मन्दिरदेखि वाहेक त्यस्तो अल्मलिने र मनोरञ्जन गर्ने स्थल त छैन,त्यसैले सिंगो धरानको पर्यटनलाई नै टेवा पु¥याउनको लागि यो पार्क वनाउँदैछौं।’

खुकुरी पार्कसँगै पर्यटकको आकर्षण वढाउन ‘गोल्डेन भिलेज पार्क’ पनि वन्ने भएको छ । धरान–१३ वडा कार्यालयले पार्क स्थल सम्म पुग्न सहजताको लागि २० लाख रुपैया वजेट विनियोजन गरेर पक्की सडक निर्माणको काम पनि भईरहेको छ । खुकुरीको स्तम्भ सहित पार्क बनाउन रोजन आर्ट स्टुडियो धरानका रोजन राईको कलाकारको टोलीले निर्माण कार्य गर्दैछ ।