धरानः बैशाख १ गतेदेखि रिलिज भई देश-विदेशमा समेत सफलताको झन्डा गाड्न सफल चलचित्र ‘जारी’ को २५ औं दिनको शोलाई धरानको बराह मलमा रहेको फ्रेन्ड्स सिनेमाज हलले विशेष शो को रुपमा आयोजना गर्ने भएको छ ।

                           बैशाख २५ गते सोमबारको दिउँसो ३ः४५ बजेको शोमा जारी चलचित्रको निर्देशक उपेन्द्र सुब्बा, नायक दयाहाङ राई, नायिका मिरुना मगर, कलाकार बिजय बराल, प्रेम सुब्बा , रेखा लिम्बू, जायिका राईलगायतका कलाकारहरु दर्शकहरुसँग बसेर चलचित्र हेर्नेछन् । लिम्बू संस्कृतिमा आधारित रहेर बनाइएको जारीको विशेष शो मा कलाकारहरुलाई लिम्बू च्याब्बूुङ नृत्यसहित स्वागत गरिने जनाइएको छ । बक्स अफिस रिपोर्ट अनुसार जारीले  १५ करोड ग्रस कमाइसकेको छ र यो क्रम जारि नै छ।  यसबीच आएका थुप्रै चलचित्रहरुको ब्यापार  जारीको अगाडी फिक्का बनेको छ।