धरान । धरान –१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान –१८ आसपास कार्यरत टेम्पो तथा इ –रिक्सा चालकहरुको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेम्पो तथा इ रिक्सा इकाई कमिटी गठन गरेको छ । 

आइतबार धरान –१८ स्थित नेपाल बौद्ध गुम्बाको सभाहलमा चालकहरुको भेलाले चन्द्रबहादुर राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।

 कमिटीको उपाध्यक्षमा डिल्लीबहादुर लिम्बू, सचिवमा घनश्याम आचार्य, सहसचिवमा सोभीत राई र कोषाध्यक्षमा विजयकुमार राई रहनु भएको छ । 

सदस्यहरुमा प्रशान्त शाही, निलन राई, जीवन राई, सुरेश लिम्बू, तेज प्रधान, मनकुमार राई, राजकुमार तामाङ, श्यामकुमार राई, सिंहबहादुर लिम्बू, दुर्गामान तामाङ र श्याम राई रहेका छन् । 

भेलाले घोपा क्याम्प अघि टेम्पो पार्किङ, भानुचोकको टेम्पो पार्किङ, धरानमा उत्पन्न ट्राफिक समस्या तथा समग्र धरानमा उत्पन्न भएको पार्किङ लगायतका समस्याका सन्दर्भमा स्थानीय सरकार, सरोकारवाला र जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानसंग छलफल गरी समस्याको समाधान खोजिने निर्णय गरेको छ । 

भेलाका प्रमुख अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले राज्य र राज्यका सम्पूर्ण संयन्त्रहरु श्रमिक प्रतिकुल रहेकाले श्रमिकहरुको अवस्था क्रमशः कमजोर हुँदै गइरहेको बताउनु भयो  । राज्य पूँजी पक्षिय र श्रमिकहरुलाई हेप्ने चरित्रको छ । जसका कारण स्वरोजगारहरुको लगानी पलायन हुँदै गइरहेको र श्रमिकहरु विस्थापित हुँदै गइरहेकाले श्रमिकहरु संगठित हुनु पर्ने राईको भनाई छ । 

यहाले भन्नु भयो,‘धरानमा सवारीको आयात अनियन्त्रित छ, ट्राफिक समस्या अस्तव्यस्त छ,यो व्यथितिको भार चालकहरुले बोक्नु परिरहेको छ ,कुनै पनि बेला धरान उपमहानगरले श्रमिकहरु र स्वरोजगार प्रतिकुल निर्णय लिनसक्छ,त्यो बेला हामीलाई सहायता चाहिन्छ र हामी सहारा विहन हुनसक्छौं ,त्यसैले हाम्रो शक्तिका लागि संगठित हुनुको बिकल्प छैन।’

भेलामा जिफन्ट धरानका अध्यक्ष शमशेर बर्देवा, संगठन धरान उपमहानगर कमिटी अध्यक्ष कमल भट्टराई, सुरक्षा श्रमिक ट्रेड युनियन धरानका अध्यक्ष गोपीनाथ योगी, लगायतका नेताहरुको सहभागीता रहेको थियो भने भेलामा वडाका करिव ७० जना चालकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । 

नव निर्वाचित अध्यक्ष चन्द्रबहादुर राईले कमिटीको बैठक तत्काल बसेर ट्राफिक समस्या, पार्किङ समस्या र धरानका श्रमिकहरुको अन्य समस्याहरुको सुत्रबद्ध गरी समाधानको पहलका लागि संगठनले पहल थालिने बताउनु भयो । 

भेलामा सहभागी चालकहरुले ट्राफिक प्रहरीहरुको ज्यादती धरानमा तिब्र रहेको गुनासो गरेका थिए । सवारीसाधनहरु अनियन्त्रित भएपनि पर्याप्त पार्किङ छैन । तर, नरोक्ने स्थानमा रोकेको भन्दै जरिवाना काट्ने, अनावश्यक दुख दिने गरेको श्रमिकहरुको गुनासो थियो ।