धरान । किराँत राईहरुको महान चाड साकेला उभौलीको रौनक धरानको चौक–चौकमा देखिन थालेको छ ।

sakela 1 

हिजोदेखि शुरु भएको सोकला उभौलीमा ढोल झ्याम्टा सहित किराँत राईहरुले साकेला सिलि नाँच्ने परम्परा रही आएको छ । हरेक  वडा समितीहरुले साकेला सिली प्रदर्शन गरिरहेका छन् ।

sakela 3

शनिवार धरानको भानुचौकमा किराँत राईहरुले साकेला उभौलीको अवसरमा सोकला सिलि प्रदर्शन गरेका छन् ।  धरान –१४ स्थित विजयपुरमा रहेका साकेला थानमा पितृभूमिको पूजाआजा गरि साकेला उभौलीमा शुरुवात भएको हो । 

FB_IMG_1683370159363

 साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्ने  गरिन्छ । किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली उठाउने समय मंसिर पूर्णिमामा एक÷एक महिना दिनसम्म मनाउने गरिन्छ।

FB_IMG_1683370170971

किराँत समुदायमा ‘अन्नबाली सप्रियोस,रोगव्याधी नलागोस, प्राकृतिक विपत्ति आइनलागोस, सुव्यफाव्य होस’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन गरिन्छ । 

FB_IMG_1683370233081

वैशाख २२ गते देखि शरु हुने सोकला उभौली १५ दिन सम्म मनाएर जेठ ६ गते धरान १७ स्थित सप्तरंगी पार्कमा वडा कार्य समिती स्तरीय प्रतियोगिता आयोजना गरिने भएको छ ।  यो वर्षको साकेलामा किराँत राईहरुले कोशी प्रदेश नामाकरण खारजी गरी किराँत प्रदेश नामाकरण हुनु पर्ने माग गरेका छन् ।