धरान । श्रम क्षेत्रमा काम गर्दै राजनीतिमा सक्रिय रहेर नेकपा (एमाले) धरान उपमहानगर कमिटीमा निर्वाचित १२ जनालाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) धरान उपमहानगर कमिटीले सम्मान गरेको छ । 
received_768090428138206

बैशाख ५ र ६ गते सम्पन्न नेकपा एमाले धरानको प्रथम अधिवेशनबाट नगर सदस्यमा निर्वाचित श्रम क्षेत्रका १२ जनालाई सुक्रबार कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।सम्मानित हुनेहरुमा यातायात क्षेत्रका कमल भट्टराई,धनबहादुर राई, विवेक राई, आननकुमार राई, दिपककुमार श्रेष्ठ बनेपाली र दिनेश कोइराला रहेका छन् ।
received_3518767341778610
त्यस्तै सुरक्षा क्षेत्रबाट गोपीनाथ योगी, रत्न नेम्वाङ र प्रविण राई ,निर्माण क्षेत्रबाट अब्बास अन्सारी र लोककुमारी श्रेष्ठ  र स्वास्थ्य स्वयम्सेवी क्षेत्रबाट विजयकला राईलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा मजदुर नेता भीमज्वाला राईले ८३ सदस्यीय नगर कमिटीमा १२ जना मजदुरहरुको प्रतिनिधित्व हुनु मजदुरलाई हेर्ने एमाले दृष्टिकोण श्रमिक पक्षिय भएको बताउनु भयो ।

received_168832842488778

जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका राईले सर्वहारा श्रमजीवी वर्गको हित बाहेक कम्युनिष्ट पार्टीको अर्को कुनै स्वार्थ हुँदैन भन्ने कम्युनिष्ट घोषणापत्रको मर्म अनुसार पार्टीमा काम गर्न सुझाव दिँदै मजदुरहरुको एजेण्डामा पार्टीलाई अझ प्रभावकारी बनाउन आग्रह गर्न भएको छ । 
received_1265920127686580

सम्मानितहरुको तर्फबाट धरान १० का वडा अध्यक्ष समेत रहेका विवेक राईले जिफन्टको मार्गनिर्देश अनुासर काम गर्दै राजनीतिमा होमिएका आफु मजदुर भएकोमा गर्व लागेको बताउनु भयो । 
कार्यक्रममा क्यूपेक नेपालका उपमहासचिव मुक्तिनाथ गिरी, अटोमेकानिक्स टे«ड युनियनका प्रतिनिधि परिषण् उपप्रमुख रङ्गलाल गिरी, नेकपा  (एमाले) धरान नगर अध्यक्ष हर्कजंग एभेङ लगायतले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो । 
जिफन्ट नगर अध्यक्ष शमशेर बर्देवाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव डम्बर अधिकारीले र स्वागत मन्तव्य विकेश श्रेष्ठले गरेका थिए ।