विराटनगर  / काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड  ‘उभौली पर्व’को  अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्नु भएको छ ।  

उभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजकहरु, अर्थात नेपालका किराँती समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने  प्रसिद्ध पर्व भएको बताउदैं मुख्यमन्त्री कार्कीले जगतका हरेक प्रणाीले ‘जगतबाट विच्छेद भएर होइन एकाकार भएर बाच्नुपर्छ’ भन्ने  महत्वपूर्ण सन्देश दिएको भन्नु भएको छ । 

विहीबार नै सन्देश जारी गदैं मानव र प्राकृतिसँग गोहिरो सम्बन्ध रहेको उभौली पर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नु भएको छ ।