धरान ।यस वर्ष किराँत राईहरुले मनाउने साकेला उभौलीमा कोशी प्रदेश नामाङ्कन खारेजीको माग गरेका छन् । 

किराँत राईहरुले कोशी प्रदेश नामाङ्कन खारेजीको माग गर्दै पहिचान र सभ्यताको आधारमा किराँत प्रदेश नामाकरण गरिनु पर्ने माग सहित सोकला मनाउने भएका हुन् ।

कोशी प्रदेश नामाङ्कन खारेज गर,पुनःनेपालको प्राचीन सभ्यता एवम् वहु पचिानको आधारमा किराँत प्रदेश नामाकण गर’भन्ने नारा सहित यस वर्षको सोकला उभौली मनाउने किराँत राई यायोख्खा जिल्ला कार्य समिती सुनसरीले विहीवार पत्रकार सम्मेलन गरि जनाकारी दिएको छ । अध्यक्ष  राईले भन्नु भयो,यस वर्षको साकेला उभौली कोशी प्रदेश नामाङकन खारेज गरि किराँत प्रदेश पुनः नामाकरणको लागि विशिष्ट रुमा माग गरिने वताउनु भयो । 

किराँत राईहरुले विगतको वर्ष झै साकेल सिलि सुनसरी जिल्ला भरीका वडा कार्य समितीले विभिन्न स्थानमा धुमधामसँग मनाउने तयारी गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । 

वैशाख २२ गते देखि शरु हुने सोकला उभौली १५ दिन सम्म मनाएर जेठ ६ गते धरान १७ स्थित सप्तरंगी पार्कमा वडा कार्य समिती स्तरीय प्रतियोगिता आयोजना गरिने भएको छ ।  

किराँत समुदायमा ‘अन्नबाली सप्रियोस,रोगव्याधी नलागोस, प्राकृतिक विपत्ति आइनलागोस, सुव्यफाव्य होस’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन गरिन्छ । 

साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्न सुरु गरिन्छ । किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली उठाउने समय मंसिर पूर्णिमामा एक÷एक महिना दिनसम्म मनाउने गरिन्छ।

फोटो ः–विकास चाम्लिङ राई