धरान / सशस्त्र प्रहरी वल धरानले ठूलो मात्रामा लागु पदार्थ गाँजा बरामद गरेको छ ।  आज विहान १ः ३० बजेको समयमा धरान १३ स्थित शिवधारा चेकपोइन्टमा चेकजाँचको क्रममा २ सय  २७ केजी( ८ बोरा) गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । 

धनकुटाबाट इटहरी तर्फ जादैं गरेको प्र १- ०२- ००१ ख ९४८९ नं. को टाटा मिनी ट्क लादैं गरिएको अवस्थामा चेक जाँच गर्दा ८ वटा बोरामा प्याक गरिएको प्रतिवन्धित लागु पदार्थ गाँजा बरामद गरिएको सशस्त्र प्रहरी डिएसपी सुरज रिजालले जानकारी दिनु भयो । 

डिएसपी सुरज रिजालको कमाण्डमा खटिएको टोलीले उक्त परिणामको गाँजा बरामद गरेको हो । गाडीका चालक तेह्रथुम छथर जोरपार्टीका चन्द्र थापा क्षेत्री र सहचालक सोही जिल्लाका ओख्रे बस्ने चुडामणी कटवाललाई नियन्त्रणमा लिइएको छ । 

बरामद गरिएको गाँजा र पक्राउ गरेका दुवैलाई इलाका प्रहरी कार्यालय धरानलाई बुझाइएको  जानकारी दिनु भयो ।  रातको समयमा उक्त गाँजा भारत निकासी गर्ने तयारी गरिएको बुझिएको छ ।