चैनपुर  /  चैनपुर नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखा र नारी एकता अभियान संजालको आयोजनामा संखुवासभाको चैनपुरमा पाँच दिने व्यवहार सुधार सम्बन्धि जीवन उपयोगी सीप तालिम सम्पन्न  भएकाे छ । 

चैनपुर नगरपालिकाकी उपमेयर एलिना श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको थियो । समापन कार्यक्रममा उहाँले सहभागीहरुले जीवनलाई सुन्दर र सहज बनाउन सीप आर्जन गर्नुृ भएको र त्यो सीप सहभागीहरुले व्यवहारमा लागु गरे पछि मात्र तालिमको उद्देश्य पुरा हुने बताउनु भयो । आफुले आफैलाई बुझ्न सके मात्र आफ्नो जीवन सफल बनाउन सकिने बताउदैं उपमेयर  श्रेष्ठले सिकेको सीप आजैदेखि व्यवहारमा लागु गर्न अनुरोध गर्नु भयो । 


कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक कालीबहादुर लिम्बुले अति उपयोगी सीप सहभागिहरुलाई प्रशिक्षकले प्रदान गर्नु भएकाले व्यवहारमा लागु गर्नु पर्ने बताउनु भयो । 

chainpur training

प्रशिक्षार्थीको तर्फबाट नमिता काफ्लेले आफुहरुले जीवनमा उपयागी सीप सिकेकोर यसलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । सधै अरुका विषयमा चासो राख्ने हामीहरु आफु को हो, आफ्नो क्षमता योग्यता के छ भन्ने सोचेको रहेनछाै‌। यस तालिम पछि आफुलेआफुलाई चिन्न प्रयास गरेको बताउनु भयो । तालिममा आत्मसचेतना, बोल्ने तरिका, हाम्रो व्यवहार, तनाव व्यवस्थापन, स्व हेरचाहा, उद्यमशिलता, आत्मविश्वास बढाउने तरिकाबारे प्रशिक्षकले सिकाउनु भएको काफ्लेले बताउनु भयो । 

समापनमा प्रशिक्षक देवेन्द्र कार्कीलाई नगरपालिकाले प्रशंसा पत्र प्रदान गरेको थियो । सहभागीहरुलाई समेत प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा ६ नं. वडाका वडाध्यक्ष शिशिर शर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेश गाैतमलगायतको उपस्थिति रहेको थियो । संस्थाकी कार्यवहाक अध्यक्ष रीता श्रेष्ठ राईको अध्यक्षतामा भएको समापन कार्यक्रम गीता श्रेष्ठले संचालन गर्नु भएको थियो । 

बुधबार सकिएको तालिममा नगरपालिकाका ११ वटै वडाबाट विभिन्न संघ संस्थाहरुमा आवद्ध २४ जना महिलाहरुको सक्रिय सहभागितारहेको थियो । तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सचिव तथा जीवन उपयोगी सीप प्रशिक्षक देवेन्द्र कार्कीले गर्नु भएको थियो । 

343726605_983722182799564_7094061392929217559_n