धरान ।धरान उपमहानगरपालिका वडा नम्बर ४ र जनता मिडिया हव धरानको संयुक्त आयोजनामा भएको दुई दिने ‘लागू पदार्थ दुव्र्यसन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । 

341805463_6021933897919211_4915768898188508055_n

सोमबार धरान ४ स्थित गैरी गाउमा रहेको वाल विकास केन्द्रको हलमा कोशी प्रदेशका प्रदेश सभा सांसद रमेश कुमार वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रमका प्रमुख अतिथी सांसद वस्नेतले लागु पदार्थ दुव्र्यसनको कुलतबाट बचाउन सवैभन्दा पहिलो अभिभावकको भुमिका महत्वपुर्ण हुनु पर्ने वताउनु भएको  छ । उहाँले भन्नु भयो, सवै भन्दा पहिला घर अनि गाउँ र समाजले चनाखो भएको खण्डमा दुव्यर्सनबाट छोरा छोरीले अकालमा ज्यान गुमाउनु पर्ने वा भविष्य अन्धकार हनुबाट जोगाउन सकिन्छ । उहाँले लागु पदार्थ दुव्र्यसनमुतm समाज वनाउनको लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार नै प्रतिवद्ध रहेर विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको पनि वताउनु भएको छ ।

341946432_2108947062636883_3550666236288493196_n 

कार्यक्रममा विशेष अतिथी गोरसमान आले मगरले धरान  उपमहानगर वडा नम्बर ४ को वडाका जनप्रतिनिधीहरुले वडालाई लागु पदार्थ जस्तो दुव्र्यसनबाट भोलीका कर्णधार बालबालिकाको भविष्य उज्वल वनाउनको लागि वडा कार्यालयले विशेष योजना सहित कार्यक्रमहरु वडाको हरेका गाउ वस्तीमा सचेतना कार्यक्रम सन्चालन गरिरहेको वताउनु भएको छ ।

343615122_934849524632733_6291336965986617037_n

उहाले भन्नु भयो,प्रहरी, स्थानीय सररकार र वडा कार्यालयको संयुतm सहकार्य गरेर प्रमुखतः सचेतना कार्यक्रमलाई वढी प्राथमिकता दिएका छौ,किसोर किसोरीहरु जुन उमेरसँगै साथी संगीको लह लहैमा लागेर कुलतमा फस्ने गरेका छन्,त्यसका लागि बेलेैमा सचेत गराउन जरुरी रहेकाले धरान ४ वडा कार्यालयले लागू पदार्थ दुव्र्यसन विरुद्धको सचेतना कार्यक्रम वडामा शुरु गरेको हो ।’

341894258_5846608725448508_2134448377149371250_n 1

कार्यक्रममा धरान ४ स्थिती गैरीगाउँका ३५ जना भन्दा वढीको उपस्थिती रहेको थियो ।लागु पदार्थ दुव्र्यसन के हो ,यसवाट बच्न के गर्नु पर्छ भन्ने विषयमा प्रमख प्रशिक्षक इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर रंजन मिश्रले सहभागीहरुलाई सहजीकरण गर्नु भएको थियो । 

यस अघि पनि धरान ४ नम्बर वडा कार्यालय  र जनता मिडिया हव धरानको आयोजनामा शनिबार वडा कार्यालयमा नै सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो । 

वडा कार्यालयका वडाध्यक्ष धन बहादुर राईले वडा नै दुव्र्यसन रहित वडा वनाउनको लागि आगामी दिनमा पनि अझै प्रभावकारी योजना वनाएर अघि वढ्ने बताउनु भएको छ ।