धरान ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विना कारण कामबाट निकालेर अन्याय गरेका भन्दै धरान खानेपानी संस्थानका सवारी चालक तेज कुमार राईले पर्नःबहालीको माग गर्नु भएको छ  । 

खानेपानी संस्थानको गाडी चलाएर ७ जनाको परिवार पाल्दै आएका राइले   रोजी रोटी नै खोसि दिएको भन्दै आइतबार धरान वडा नम्बर १९ का वडाध्यक्ष पुर्ण बहादुर लिम्वुलाई निवेदन वुझाउनु भएको छ । उहाले धरानका २० वटै वडाध्यक्षलाई कार्यालयमा पुगेर आफ्नो माग सहित निवेदन दिने वताउनु भयो । 

विना कारण खाइपाई आएको जागीरबाट निकालिपछि अन्याय परेकाले पुर्नःबहालीको लागि सहयोग गरिदिन हुन निवेदनमा आग्रह गरिएको छ ।

पीडित चालक राईले भन्नु भयो,‘मलाई राजनीतिक पार्टीको नियुक्ति गरिएको भनेर बाहना गरिएको छ,म पीडित भएको छु,न्याय पाइन,त्यसैले मलाई पुर्नबहाली गरि दिनु हुन अनरोध गर्दछु।’

341741833_687609729801572_8745597366441374594_n

तत्कालिन मेयर तिलक राईको कार्याकालमा उहाँलाई कोरोनाको एम्वुलेन्स चालकमा नियुक्ति गर्नु भएको थियो २०७७ साल कार्तिक २७ गते नियुक्ति भएका चालक राई कोरोनाको संक्रमण सकिएसँग खानेपानी संस्थानको गाडी चलाउँदै आएका थिए । 

मेयर राईलाई किन निकालिएको भनेर सोधी खोजी गर्न जाँदा कुनै जवाफ नदिने र नगर प्रहरी लगाएर कार्यालय वाहिर जवरजस्ती निकाल्ने गरेको पीडित राईको भनाई छ ।

चालक राई चलाएको धरान खानेपानी

 संस्थानको गाडी चैत २३ गते धरान २० को विष्णु पादुका खानेपानी श्रमदान अभियानको पाइप लिएर जाँदा दुर्घटनामा परेको थियो । 

तर मेयरले  २५ गते मात्रै दुर्घटना भएको भनेर झुटो वयान दिनु लगाएर चैत २४ गते गाडी विमा गरेर झुटा वयान दिनु लगाएको पनि चालक राईले बताउनु भयो । 

 उहाँले भन्नु भयो,‘मलाई चैत महिना भरि नै कार्यालयमा गएर हाजिरी गर्न पनि दिइयो तर एक्कासी वैशाख १ गते कामबाट निकालिएपछि म घोर अन्यायमा परेको छु।’