धरान । वडालाई नै लागू पदार्थ दुर्व्यसनरहित वडा वनाउन  धरान उपमहानगरपालिका वडा नम्बर ४ मा  दुई दिने सचेतना कार्यक्रम  आयाेजना गरिएकाे छ । 

धरान उपमहानगपालिका वडा नम्बर ४ को सहयोग र जनता मिडिया हव धरानको आयोजनामा उक्त दुई दिने सचेतना कार्यक्रम सुरु भएको हो ।  पहिलो दिनको सचेतना कार्यक्रम  शनिवार  वडा कार्यालयको भवनमा सम्पन्न भएको छ । 

343440588_627430685896527_9113628603079442745_n

वडालाई लागु पदार्थसहित वनाउनको लागि धरान उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले दुई दिने लागू पदार्थ विरुद्धको दुई दिने सचेतना कार्यक्रम आयोजना गरिएको औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष धन बहादुर राईले वताउनु भयो ।

341275047_6065428633494526_4939184955137263258_n

उहाँले भन्नु भयो,‘विकराल वन्दै गएको लागू पदार्थ दुव्र्यसनलाई न्यूनिकरण गर्न प्रमुख काम भएको छ,त्यसैले स्थानीय सरकार, प्रहरी र वडावासी र स‌घ स‌‌स्थाहरु मिलेर यो अभियान हामीले शुरुवात गरेको हौं, वेलैमा सचेत बन्न जरुरी छ, सवैसँगको सहयोग,सहकार्य र सल्लाह सुझाव सहित वडालाई दुव्र्यसन मुक्त वडा वनाउन हामी प्रतिवद्ध रहेका छौ ।’   

343531115_935492891107089_4029564040755125336_n

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक रन्जन मिश्र  प्रमुख प्रशिक्षक,किरात याक्थुम चुम्लुङ पुर्नजीवन केन्द्र धरानका काउन्सीलर पर्वत राई, नेकपा एमाले जिल्ला सुनसरी सदस्य एवम् धरान उपमहानगर कमिटी इन्जार्च नारायण सुवेदीले सहभागिलाई प्रशिक्षण दिनु भएको थियो । प्रहरी निरिक्षक मिश्रले लागू पदार्थ दुव्र्यसनको अवस्था र त्यसको असर बारेमा प्रशिक्षण दिनु भएको थियो ।

341482919_6113332002054554_8018930263568876969_n

प्रमुख प्रशिक्षक मित्रले भन्नु भयो,‘धरानमा सवै भन्दा वढी लागु पदार्थ दुव्र्यसनको मुद्धा प्रहरीले हेर्ने गरेको गरेको छ, दैनिक आधा दर्जन प्रयोग कर्ताहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ, त्यसैले लागु पदार्थ दुव्र्यसनकै कारण धरानमा झैं झगडा र हिँसात्मक गतिविधी समेत बढ्ने गरेको हो। ’कार्यक्रमका प्रशिक्षक पर्वत राईले लागू पदार्थ दुव्र्यसनमा फसेकाहरुलाई कसरी पुनःजीवन दिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो भने युवा के हुन र युवाको जिम्मेवारी के हो भन्ने विषयमा नारायण सुवेदीले प्रशिक्षार्थीलाई प्रशिक्षण दिनु भयो । 

343601063_814115000055017_2216546861904253776_n

पहिलो दिनको सचेतना कार्यक्रमा वडा नम्बर ४ को हर्दिया, मनुवाटार,दानावारी,सुमनटार,खैरेनी,वसन्तटार र पत्रंगवारीका ३० जना किसोर किसोरीहरुको उपस्थितीमा भएको हो भने कार्यक्रमको अध्यक्षता आयोजक संस्था जनता मिडिया हव धरानका सल्लाहकार एवम् फोटो पत्रकार संघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले गर्नु भएको थियो ।  कार्यक्रमकाे स‌चालन रणध्वज लाेहारले गर्नु भएकाे  थियाे ।

भोली(सोमबार) धरान वडा नम्बर ४ को गैरी गाउँमा दिउँसो दोश्रो दिनको कार्यक्रम आयोजना हुने आयोजक संस्था जनता मिडिया हव धरानले जनाएको छ ।