धरान / नेपाल पत्रकार महासङ्घ सुनसरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबाट पत्रकारहरू सँग गरिने अमर्यादित व्यवहारप्रति आपत्ति जनाउँदै सच्याउन आग्रह गरेको छ ।

महासङ्घले शुक्रवार एक वक्तव्य जारी गर्दै वैशाख १४ गते कार्यपालिका बैठक बस्न नसकेको विषयमा समाचार सङ्कलन गर्न पुगेका पत्रकार खिलानाथ विश्वकर्मासँग गरिएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

मेयर साम्पाङसँग प्रश्न गर्दा ‘तपाईँ कुन पार्टीको पत्रकार’ भनेर सोधिनु आपत्तिजनक, प्रेस स्वतन्त्रता माथि नै प्रहार भएको जनाएको छ । पत्रकारहरू साथै मिडिया हाउसप्रति गरिने अमर्यादित  व्यवहार सच्याउन मेयर साम्पाङलाई आग्रह गरेको छ ।

मेयर जस्तो गरिमामय पदका व्यक्तिले सञ्चार क्षेत्रप्रति नकारात्मक सन्देश दिने गरेकाले सञ्चारकर्मी असुरक्षित हुनसक्ने अवस्था सिर्जना गर्ने कुरामा महासङ्घले चिन्ता प्रकट गरेको छ । 

मेयर साम्पाङको व्यवहार एवं कार्यशैलीले कुनै पनि बेला अप्रिय घटना निम्त्याउन सक्ने भन्दै त्यस्तो घटना भएमा ‘त्यसको जिम्मेवारी स्वयं उहाँ ९मेयर साम्पाङ०ले लिनुपर्ने महासङ्घ जिल्ला शाखा प्रष्ट पार्न चाहन्छ’ विज्ञप्तिमा भनिएको छ ।

FB_IMG_1682734653003

यता पत्रकारलाई गरेको अमर्यादित र अशिष्ट व्यवाहारका विरुद्ध प्रेस सङ्गठनहरूले  प्रमुख राईलाई विज्ञप्ति निकाल्दैै चुनौती दिएका छन्। शुक्रबार विभिन्न ५ प्रेस सङ्गठनहरूले नगरप्रमुख राईको पत्रकारप्रतिको व्यवहारविरुद्ध संयुक्त विज्ञप्ति निकाल्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, प्रेस चौतारी नेपाल, सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेल, प्रेस सेन्टर नेपाल सुनसरी, अध्यक्ष तिर्थ कार्की र समाजवादी प्रेस सङ्गठन सुनसरी अध्यक्ष प्रेम बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् । प्रेसको गरिमा र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न नेपाली प्रेस तयार रहेको भन्दै तत्काल आम रुपमा माफि माग्न चुनौती दिएका हुन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारका पक्षमा निरन्तर सङ्घर्ष गरेको नेपाली प्रेस कुनै पनि व्यक्ति वा समूहको धम्कीबाट विचलित नहुने पनि नगर प्रमुख राईलाई स्मरण गराएका छन् ।

विज्ञप्तिमा नगर प्रमुख राईलाई अभिव्यक्ति फिर्ता लिएर माफी माग्दै प्रेस स्वतन्त्रतासम्बन्धी स्थापित विश्वव्यापी मान्यताको सम्मान गर्नसमेत सङ्गठनहरूले माग गरेका छन् ।

स्वतन्त्र सञ्चार र पत्रकारको सुरक्षाप्रति आफ्नो धारणा सार्वजनिक गर्न माग गरेका छन् । राईको व्यवहार र कार्यशैलीले कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवार उनैले राई लिनु पर्ने पनि स्पष्ट पारेको छन् । विप्तिमा ‘धरान नगर प्रमुख राई ९साम्पाङ० ले पत्रकारमाथि पटक–पटक दुर्व्यवहार गरेकामा गम्भीर ध्यानाकर्षण भएको छ ।’ राईले। आफ्ना कामप्रति आलोचनात्मक टिप्पणी गरी समाचार र लेख लेख्ने सबैलाई ‘दलका पत्रकार’ भन्दै अमर्यादित र अशिष्ट शैलीमा सामाजिक सञ्जालमा तथानाम गाली गर्ने गरेका छन् ।

उहाँले आफ्ना समर्थकहरूलाई पनि उत्तेजित बनाउँदै गालीगलौज गर्न उक्साउने काम लामो समयदेखि गरिरहेको विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ‘आफू अनुकूल समाचार नलेखेको र आफ्नो अगाडि पछाडि नहिँडेकै आधारमा गालीगलौज गर्ने उनको शैलीबाट प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको हामीले अनुभूति गरेका छौं’ भनिएको छ ।

इटहरी– धरान सीमा विवादबारेको पत्रकार सम्मेलनमा समाचार सङ्कलनका लागि पुगेका ग्यालेक्सी फोर के टिभिका बैशाख १४ गते  र कार्यपालिका बैठक बस्न नसकेको विषयमा समाचार सङ्कलन गर्न पुगेका ब्लाष्ट दैनिकका पत्रकारलाई मेयरले दिएको अभिव्यक्ति निन्दनीय, खेदजनक र भर्त्सनायोग्य भएको ठहर गरेका छन् ।

नगर प्रमुख राईको शैली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो ।

received_623102705998843