धरान  / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ) गैरजिम्मेवार भएर धरानलाई अनिर्णयको बन्दी बनाएको भन्दैं धरानका युवाह?ले मेयर साम्पाङलाई ध्यानाकर्षण गराएका छन् । 

नेकपा एमालेसँग सम्बद्ध युवा संघ नेपाल, नेपाली कांग्रेससँग सम्बद्ध नेपाल त?ण दल, माओवादी केन्द्रसँग आवद्ध वाइसिएल, लिम्बुवानसँग आवद्ध लिम्बुवान युवा मञ्चका युवाह?ले सयुक्त रुपमा विहीबार उपमहानगर परिसरमा भेटी ज्ञापन पत्र बुझाएका हुन् ।  

‘युवाहरुको त्याग र बलिदानीले प्राप्त लोकतन्त्रको जगमा सम्पन्न निर्वाचन र जनताको मतले नगरप्रमुख बन्नु भएको छ । विचार र राजनीति फरक हुनसक्छ तर तपाई, हामी सबैको अभिभावक हो र हामीले सदैव पदको मर्यादालाई स्विकार गरेका छौं । उपमहानगरको प्रमुखको यो पदप्रति सधैं उच्च सम्मान रहने अवगत गराउदछौं ।’–ज्ञापन पत्रमा भनिएको छ –‘ नगर प्रमुखबाट पछिल्लो समय सार्वजनिक भएका अभिव्यक्ति, व्यवहार र गतिविधिका कारण नेपालकै सुन्दर सहर धरानबारे नकारात्मक टिप्पणीहरु सुनिन थालिएको छ । युवाहरुलाई गुण्डाको संज्ञा दिने, दलका झोले र झ्यास्झुस् भन्ने, गुँइठे जस्ता गलत शब्द प्रयोग गर्ने, थुक्ने जस्ता क्रियाकलापप्रति सम्पूर्ण धराने युवाहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।’  नगरका अभिभावकका रुपमा यस्ता गतिविधि सभ्य समाजका लागि अशोभनिय भएको भन्दैं यस्ता गलत हर्कत तत्काल सच्याउन ध्यानाकर्षण गराइएको छ ।  

एकवर्षे कार्यकालको समिक्षा धराने जनताले गर्ने नै छन् । राम्रा कामको समर्थन र गलत कामको आलोचना हुनु स्वभाविक छ । युवाहरुलाई सकारात्मक कामतर्फ अग्रसर गराउनु पर्ने व्यक्तिले युवाहरुलाई गुण्डाको उपमा दिने, झोले जस्ता तुच्छ शब्दावली प्रयोगले युवाहरुलाई उत्तेजित बनाएको उनीहरुको ठहर छ । यस्ता अमर्यादित शब्द तत्काल फिर्ता लिँदै सार्वजनिक रुपमा माफी माग्न समेत ज्ञापन पत्रमा अपिल गरिएको छ । 

उनीहरुले जारी गरिएको ज्ञापन पत्रमा ८ वटा गम्भीर समस्याह?लाई तत्काल समाधान गर्नसमेत ध्यानाकर्षण गराइएको छ  । मेयर साम्पाङले चलाएको खानेपानी अभियान बैधानिकतामासमेत युवाहरुले प्रश्न उठाएका छन् । 

खानेपानी समस्या समाधानका लागि मेयरले गरिरहनु भएका कामहरु सकारात्मक भएको र त्यसको प्रसंसासमेत गरेका छन् । तर, कोकाहा, सर्दु, खर्दु, पकुवालगायतका खानेपानी परियोजनाका लागि कार्यपालिकाका निर्णयहरु र कानुनी प्रकृया, सहमति र समग्र परियोजनाको आधारहरु सार्वजनिक नगरिएकाले प्रश्न उठेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । एक बर्षदेखि खानेपानी व्यवस्थापन बोर्ड नेतृत्वविही हुनु, तोक आदेशमा बोर्डबाट खर्च गर्नु गैरजिम्मेवारी पन भएको युवा संघ नेपाल धरान नगर कमिटी अध्यक्ष भवानीभक्त दाहालले बताउनु भयो ।

धरानको खानेपानीको लागि दाताहरुले दिने सहयोग रकम बाणिज्य बैंकको खातामा जम्मा गर्ने कार्यपालिका बैठकबाट प्रस्तावमा पारित गरि खाता नम्बरसमेत मेयर आफैले सार्वजनिक गर्नु भएको थियो । तर संस्थागत बैंक खातामा रकम जम्मा नगरी व्यक्तिगत रुपमा रकम ग्रहण गर्नु र विवरण समेत सार्वजनिक नगर्नुले भ्रष्टचारको गन्द आएको युवाहरुको भनाई छ । ‘अरुलाई पारदर्दीताको पाठ सिकाउनेले आफै चाँही पारदर्शी हुनु पर्ने कि नपर्ने ?’ भनेर मेयर साम्पाङ माथि प्रश्न नगरिएको छ ।

नियमित कार्यपालिकाको बैठक अवरोध हुनु, धरानको विकासका समग्र प्रकृयामा अवरोध आउनु, धरानका बारेमा नकारात्मक सन्देश प्रवाह भएको भन्दैं जिम्मेवार हुन मेयर साम्पाङलाई सुझाइएको छ । स्थानीय सरकार संचालन ऐन २०७५ मा कार्यविभाजन र कार्यसम्पाद सम्बन्धि व्यवस्था अनुसार प्रमुखको  कार्यपालिका बैठक बसाउने, बैठकमा कार्यसूची पेस गर्ने, बार्षिक कार्यक्रम तथा बजेट तयार गरि सभामा पेस गराउने र कार्यपालिका बैठकको वातावरण तयार गर्ने जिम्मेवारी प्रमुखमा रहेको हुन्छ । तर बजेट बनाउने समयमा कार्यपालिका सदस्यहरुलाई सामाजिक सञ्जालमा तथानाम गालीगलौज गरि बैठक बस्ने वातावरण विगारेर धरानलाई पछि पार्ने काम मेयर साम्पाङबाट भएको उनीहरुको भनाई छ । सबैसँग एकता र सहकार्य गरेर धरानलाई सम्वृद्ध बनाउन समन्वयकारी भूमिका खेल्न मेयर साम्पाङसँग युवाहरुले माग गर्नु भएको छ ।

‘सस्तो लोकप्रियता र क्षणिक आत्मरतिले कसैलाई पनि दिर्घकालिन हित गर्दैन ।  हामी अनुरोध गर्न चाहान्छौ जनताबीच द्धन्द्ध चर्काउने, एकापसमा लडाउने र भिडाउने षड्यन्त्र नगर्न आग्रह गर्दछौं ।’–ज्ञापन पत्रमा लेखेका छन् –‘अन्तमा, दम्भ र घमण्ड त्याग्दै आफुलाई संयमित बनाउँन आग्रह गर्दछौं । सच्चा र जिम्मेवार जनप्रतिनिधिका रुपमा धराने जनताका अभिभावक बन्न अनुरोध गर्दछौं । अन्यथा तानाशाह र निरंकुशतन्त्रलाई तह लगाउन सक्ने क्षमता भएका युवाहरुले मै सरकार, मै कानुन जस्तो व्यवहार गर्ने नगर प्रमुखलाई ठिक ठाँउमा ल्याउन कुनै कसुर बाँकी राख्ने छैन भन्ने अपिल गर्दछौं ।’ 

  मेयर साम्पाङ समक्ष राखिएका ८ बूँदे सुझावहरुः

१. खानेपानी समस्या समाधानका लागि तपाइले गरिरहनु भएका कामहरु सकारात्मक छन् । तर, कोकाहा, सर्दु, खर्दु, पकुवा लगायतका खानेपानी परियोजनाका लागि कार्यपालिकाका निर्णयहरु र कानुनी प्रकृया, सहमति र समग्र परियोजनाको आधारहरु के के हुन ? । 

२. धरान खानेपानी व्यवस्थापन बोर्डमा तपाँई नगर प्रमुखको हैसियतमा सदस्य हुनुहुन्छ बोर्डले हालसम्म गरेका कामहरुको बैधानिकता के हो ? । बैठक नबसी बोर्डले हालसम्म गरेका करोडौं खर्च कसरी गरिरहेको छ ? खानेपानीका विभिन्न परिजनाहरुका सन्दर्भमा कस्ता कस्ता निर्णयहरु भएका छन् ? र बोर्डको आयव्यय विवरण सार्वजनिक गर्ने काम अहिलेसम्म किन भएन ? बोर्डको अध्यक्ष अहिलेसम्म किन चयन गर्न सकिएन ?  

३. कोकाहा र पकुवाको पानी ल्याउन चालिएको अभियान सकारात्मक छ । तर, पाइप खरिदका नाममा देश विदेशबाट प्राप्त भएको रकम र दाताहरुको नाम अहिलेसम्म सार्वजनिक किन हुन नसकेको होला ? ।

४. धरानको खानेपानीको लागि दाताहरुले दिने सहयोग रकम बाणिज्य बैंकको खातामा जम्मा गर्ने कार्यपालिका बैठकबाट नगर प्रमुखको हैसियतले तपाँईकै प्रस्तावमा पारित गरि खाता नम्बर समेत सार्वजनिक गरिएको थियो । तर, संस्थागत बैंक खातामा रकम जम्मा नगरी व्यक्तिगत रुपमा रकम ग्रहण गर्नु र विवरण समेत सार्वजनिक नगर्नु भ्रष्टाचार होकि होइन ? अरुलाई पारदर्शीताको पाठ सिकाउनेले आफै चाँही पारदर्शी हुनु पर्ने कि नपर्ने ? ।

५. कार्यपालिकाको बैठक नियमित हुन नसक्नुको मूल कारण के हो र को को हो ? 

६. वडाका अध्यक्षहरु पनि तपाँइजस्तै निर्वाचित भएर आएका जनताका प्रतिनिधिहरु हुन् । वडा अध्यक्षहरुलाई अख्तियारको दुरुपयोग गर्दै पत्र काटेर निर्देशन दिने तपाँइको सचिवालयका सदस्यलाई के कारबाही गर्नु भयो ? या तपाइको निर्देशनमै भएको हो भने गलत काम गराएकामा तपाइले कहिले माफि माग्नुभयो ?

७. धरान र इटहरीको सिमा विवाद पूर्ववर्ती नगर प्रमुखहरु भएकै समयदेखिको हो । सिमा विवाद चाँडै किनारा लागाउनु पर्छ । तर, यो काम अघि कार्यपालिकाका सबै सदस्यहरुलाई कहिले जानकारी गराउनु भएको थियो ? यसअघि पनि सिमा विवाद भएको र त्यसबेला दुई उपमहानगरबीच भएको समझदारीको ख्याल किन गर्नुभएन ? धरान उपमहानगरपालिका तर्फबाट दलहरु, पूर्व जनप्रतिनिधिहरु, बुद्धिजीवी र छिमेकी उपमहानगरका समकक्षिसंग कहिले छलफल गर्नुभयो ? 

८. नियमित कार्यपालिकाको बैठक अवरोध हुनु, धरानको विकासका समग्र प्रकृयामा अवरोध आउनु, धरानका बारेमा नकारात्मक सन्देश प्रवाह हुनुमा म प्रमुखको हैसियतमा मेरो पनि दोष छ भन्ने सोँच मनमा आउँछकी आउदैन होला ? 

..................

बिक्रम तामाङ

उपाध्यक्ष

नेपाल तरुण दल

धरान उपमहानगर समिति .

................

भवानी भक्त दाहाल

अध्यक्ष

राष्ट्रिय युवा संघ नेपाल

धरान उपमहानगर कमिटी

.......................

दिपक घिसिङ

अध्यक्ष

वाइ सि एल नेपाल

धरान उपमहानगर किमिटी 

.....................

रमेश राई

अध्यक्ष

लिम्बूवान युवा मञ्च

धरान उपमहानगर कमिटी

.........................

रन्जीत राई

अध्यक्ष

समाजवादी युवा संगठन

धरान उपमहानगर कमिटी