धरान / सेवाग्राहीको गुनाँसो–सुझावसहित जेष्ठ नागरिक अशक्तको लागि धरान उपमहानगरपालिका वडा नम्वर १५ को वडा कार्यालयले हेल्प डेस्क सेवा शुरु गरे पछि असक्त सेवाग्राहीलाई सेवा लिन सहज वनाएको छ । 

वडा  कार्यालयले छुट्टै हेल्प डेस्क गुनासो–सुझावसहित जेष्ठ नागरिक र अशक्तका लागि भनेर छुट्टै फाष्ट ट्याकबाट सेवा दिन थाले सेवाग्राही खुशी भएका छन् । 

हेल्प डेस्कमा वडा कार्यालयले छुट्टै कर्मचारी नै खटाएर सेवा दिइरहेको वडाध्यक्ष नरेश इवारामले जानकारी दिनु भयो । धरान–१५ की ७० वर्षिय मनमाया घिमिरेले सजिलो तरिकाले विना झन्झट सेवा लिन पाउँदा खुशी लागेको बताउनु भयो । कुनै लाइन नबसी नडाको सेवा लिन पाएको उहाँले बताउनु भयो । 

वडा सदस्य रंगलाल गिरिका अनुसार जनप्रतिनिधी स्वयम्ले पनि सेवाग्राहीको लागि सहयोग गर्ने गरेका छन् भने छुट्टै कर्मचारी नै खटाएर सेवा दिने गरेका छौ । उहाँले भन्नु भयोे, -‘जेष्ठ र अशक्त नागरिकलाई जनप्रतिनिधि भेट्न असजह हुन्छ, संवन्धित कर्मचारीलाई भेट्नको लागि शारिरीक असक्तको कारण गाह्रो हुन्छ, उनीहरुको निम्ति हामी आफैं पनि सहयोग गर्छौ । आवश्यक परेको काम सवै हेल्प डेक्सको सहयोगी कर्मचारीले सहयोग गर्दै आइरहेका छन् ।’ 

१५ नं. वडाका कुनै पनि नागरिकले वडाको सेवा लिन दुख व्यहोर्न नपरोस भनेर हेल्प डेक्स राखिएको वडाध्यक्ष इवारामले जानकारी दिनु भयो । वडाध्यक्ष इवारमका अनुसार वडामा आएका सेवाग्राहीको गुनासोसहित सुझावहरु समेत लिने गरेकाले वडाको विकासमा वडावासी स्वयम्को प्रत्यक्ष सहभागिता हुँदा अझकाम गर्नको निम्ति सहजभएको छ । 'वडावासीहरुको सुझाव पनि हामी लिन्छौं । केही गुनासोहरु आए ग्रहण गरेर तत्काल सुधार गरेर लैजान्छौं ।'- वडाध्यक्ष इवारामले भन्नु भयो ।

rangalal giri