धरान ।  युवा अवस्थामा नै सुगर र प्रेसरका रोगी दिनानु दिन वढ्दै गइरहेको सन्दर्भमा  धरान ६ पानवारीस्थित पानवारी सामुदायिक वन उपभोक्ता समुहले स्वास्थ्य शिविर आयोजना गरेको छ ।  

खानपान, शारिरिक व्यायामको अभाव, तनावलगायतको समस्याका कारण पछिल्लो समय युवा अवस्थादेखि नै स्वास्थ्य समस्या जटिल वन्दै गइरहेकाले सचेत रहन शिविरको आयोजना गरिएको हो ।  

एक दिने निशुल्क स्वास्थ्य शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।  

शिविरमा २ सय ६० जना भन्दा वढीको निःशुल्क रुपमा स्वास्थ्य जाँच गरिएको थियो । विपी प्रतिष्ठानका न्युरो फिजिसियन डा.भूपेन्द्र साहका अनुसार शिविरमा आएका मध्ये अधिकाँस विरामीहरु सुगर र प्रेसरका विरामी थिए । डा.साहले भन्नु भयो–‘यो रोग सामान्य नै हो तर हेलचेक्राई र लापारवाहीका कारण जीवन र मरणको दोसाधमा पुग्न सकिन्छ, स्वस्थ्य जीवनका लागि खान पान, नियमित रुपमा शारिरिक व्यापाम, तनाव नियन्त्रण गर्नु आवश्यक छ ।’ चिकित्सकका अनुसार यस्तो स्वास्थ्य समस्या युवा उमेरमा नै देखिन थालेकाले पनि ग्रामिण भेगसम्म सचेतनाका लागि धरान उपमहानगरका हरेक वडामा वडास्तरीय सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आवश्यक रहेको डा.  साह वताउँनुहुन्छ । 

dr alok

प्रतिठानका चिकित्सकहरुले टीम नै तयार गरेर विरामीको स्वास्थ्य उपचार गर्दै आएका छन् । त्यसका लागि स्ट्रोक(पक्षघातं) टीम रहेको छ । समयमा नै उपचार स्वास्थ्य जाँच गरिएको खण्डमा विरामीले अकालमा नै मृत्युवरण गर्नु पर्ने वा आजीवन पक्षघात हुनुबाट जोगिने चिकित्सकले वताएका छन् । स्वास्थ्य शिविरमा प्रतिष्ठानमा न्युरो फिजिसियन डा. भुपेन्द्र साह, न्युरो सर्जन डा.आलोक दाहाल, न्युरो साइक्रियाटिक्स डा.संजीवकुमार मिश्र, जेनेरल फिजिसियन, फेलोसिप इन डायबिटिज डा.अजय यादव,ृ वृद्ध–वृद्धा रोग विशेषज्ञ डा.उर्जा भट्टराई, डा.हर्षित अग्रवाल, डा.हरिसबहादुर मल्ललगायतको चिकित्सकद्वारा विरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।   

वन समुहका उपभोतmा एवम् ६ नम्बरकै वडावासीको स्वास्थ्यलाई मध्यनजर गरेरपानवारी सामुदायिक वन समुहले एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको वन समुहका अध्यक्ष भुपाल (कृष्णकुमार ) राईले वताउनु भयो । उहाँले भन्नु भयो–‘वनले खाली घाँस दाउरा र काठ वितरण गर्ने मात्रै होइन , उपभोतmाको स्वास्थ्य पनि महत्व पूर्ण जीवनको धन हो, पहिलो पटक वन समुहको नेतत्व गरेर वडा स्तरमा नै पहिलो पटक प्रतिष्ठानका चिकित्सकहरुको विशेषज्ञ टोलीद्धारा स्वास्थ्य शिविर निशुल्क रुपमा गरेको हो । वन समुहका अध्यक्ष भुपाल राईले आफुले पाउने मासिक पेट्रोल सुविधालाई स्वास्थ्य शिविरमा खर्च गरेको अध्यक्ष राईले जानकारी दिनु भयो ।