धरान  / बैशाख १८ गते अङ्ग्रेजी महिनाको मे १ अर्थात १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस धरानमा भव्य मनाइने भएको छ । 

धरानमा मंगलबार जिफन्ट सम्बद्ध युनियनका अध्यक्षहरूको भेलाले १३९ सदस्यीय श्रमिक दिवस समारोह मुल समिति निर्माण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको संयोजकत्वमा आयोजक समिति बनाइएको छ । 

समितिको सहसंयोगकमा मजदुर नेता तथा धरान १५ नं. वडाका वडा सदस्य रंगलाल गिरी, मजदुर नेता यमकला मग्राती, सचिवमा मुक्तिनाथ गिरी र आर्थिक विभाग प्रमुखमा सम्शेर बर्देवा रहनु भएको छ । 

बैशाख १८ गते ३ बजे धरानको भानुचोकमा भेला भएर मजदुरको अधिकार, श्रमलगायत राष्ट्र निर्माणमा मजदुरको भूमिका विषयमा छलफल गरिने आयोजक समितिका संयोजक भीमज्वाला राईले जानकारी दिनु भयो । 

क्यालेण्डरमा प्रत्येक बर्षको मे १ तारिक श्रमिक दिवसका रुपमा सरकारले विदा दिदैं आएको छ । उक्त दिनको विदा कसरी मनाइन्छ भनेर विद्यालय स्तरका बालबालिकाहरुलाई अवगत गराउन कार्यक्रममा विद्यालयहरुलाई समेत सहभागी गराइने आयोजकले जनाएको छ ।