धरान । धरानका ६ वटा राजनीतिक दलले धरानको खानेपानी समस्या समाधानका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीसँग भेटघाट गरेका छन् । 

सोमबार मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाश शरण महतसँग सयुक्त रुपमा भेट गर्दै धरानका राजनीतिक दलका प्रतिनिधिहरुले धरान तमोर सुरुङ मार्गलाई ‘बहुुउद्देश्यीय आयोजना’को रुपमा बिकास गर्न बजेट समेत माग गरेका छन् ।

 ‘धरानको विषयमा अहिले जे जस्ता कुराहरु बाहिर आएका छन् ती सस्तो लोकप्रियताका लागि मात्र आएका हुन्’ धरानका पुुर्व नगर प्रमुख तथा नेपाली कांग्रेसका नेता तिलक राईले भन्नु भयो्े ‘धरानको खानेपानी दिर्घकालिन रुपमा समाधान गर्न अहिले अध्ययन भई रहेको धरान लेउती सुरुङमार्ग लाई बहुुउद्देश्यीय आयोजनाको रुपमा विकास गर्न आवश्यक छ ।’

उक्त बहुुउद्देश्यीय योजनाबाट यातायात, खानेपानी, सिचाई तथा जल पर्यटनका लागि समेत उपयुक्त हुने माओबादी केन्द्रका नेता चोत्लुुङले जानकारी दिनु भयो । अर्थमन्त्री डा महतले धरानको समस्यालाई आफुुले बुझेको बताउदैं बैदेशिकलगानीका लागि आफुले पहल गर्ने बताउनु भयो । खानेपानी बाहेकका अन्य योजनामा प्राथमिकता हेरेर बजेट विनियोजन गर्ने उहाााँको प्रतिबद्धता थियो । 

अर्थमन्त्रीसँगको छलफलमा नेकपा एमालेका नेताहरु मीन सुुब्बा, नारायण प्रसाद सुुबेदी, एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेसका नेताहरु तिलक राई, उमेश थापा, प्रदेश संसद ममता तामाङ, काग्रेस नगर सभापती श्याम पोख्रेल, माओबादी केन्द्रका नेताहरु मुुक्सामहाङ मेन्याङबो,नगर इन्चार्ज चोत्लुुङसहित माओबादी केन्द्रका नगर अध्यक्ष तथा वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराई,धरान १६ का वडाध्यक्ष मुुरारी भट्टराई, धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान ११ का वडाध्यक्ष लोकेन्द्र कुुमार फागुु, धरान २० का वडाध्यक्ष पदमबहादुर लिम्बुुलगायतका नेताहरु धरानको समग्र विकासका लागि बजेट व्यवस्थापन गर्न काठमाडौ पुगेका हुन । उहाँ विभिन्न मन्त्रालयहरुमा पुगेर प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको नेकपा माओवादीका धरान अध्यक्ष मनोज  भट्टराईले जानकारी दिनु भयो ।