धरान  / प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बर अग्रता कायम गर्नु भएको छ ।  पछिल्लो मतपरिणाम अनुसार वाग्लले ७ हजार ३ सय ९३ मत प्राप्त गर्दा  कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार २ सय ३४ मतसहित पछ्याइरहनुभएको छ । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले दुई हजार एक सय ३४ मत ल्याउनु भएको छ । 

तनहुँ क्षेत्र नं। १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् । आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।