धरान  / मेघा हिमालयन कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विदाइृ गरेको छ । शनिबार आयोजना गरेको विदाई कार्यक्रमसँगै ‘मिस्टर एन्ड मिस फेयरवेल’ पनि छनौट गरेको ट । 

 ‘मिस्टर एन्ड मिस फेयरवेल’ को उपाधि खुशीमान माझी र मेलिना राईले जित्नु भएको छ ।   ‘मिस स्टेट २०२१’ की श्वेता भुजेलले ै ‘मिस्टर एन्ड मिस फेयरवेल’ छनौट गर्नु भएको थियो । कक्षा १२ का विद्यार्थीहरूको विदाइका लागि कक्षा ११ का विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा ‘मिस्टर एन्ड मिस फेयरवेल’ प्रतियोगितालाई पनि जोडिएको हो । सो प्रतियोगितामा विदाइ भएर जान लागेका कक्षा १२ का विद्यार्थीहरूले भाग लिएका थिए । आगामी हरेक वर्ष यसलाई निरन्तरता दिइने मेघा कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिनु भयो ।  विद्यार्थीमा आत्मविश्वास बढाउन यस्तो प्रतियोगिता आयोजना गर्न थालिएको हो । 

सोही अवसरमा धरानको इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले विद्यार्थीहरूलाई साइबर अपराध र यसबाट जोगिन अपनाउनुपर्ने सचेतताबारे प्रशिक्षणसमेत दिनु भएको थियो । यसैगरी, असइ सुमन दाहालले लागूऔषधले व्यक्ति, परिवार, समाज र देशलाई पु¥याउने नकारात्मक असर र यसबाट जोगिने उपायबारे सहजिकरढण गर्नु भयो ।  किशोरावस्थामा कुलत र गलत क्रियाकलापतर्पm लाग्ने सम्भावना बढी हुने भएकाले उनीहरूलाई बेलैमा चेतना दिनु आवश्यक भएकाले विदाई कार्यक्रमसँगै यस्तो सचेतना कार्यक्रमको आयोजना गरिएको  मेघाका अध्यक्ष कैलाश लिम्बूले बताउनु भयो ।  त्यस क्रममा कक्षा ११ का विद्यार्थीहरूले विभिन्न गीत र नृत्य प्रस्तुत गरेका थिए । 

student