धरान / धरान उपमहानगरपालिकाका विभिन्न वडाहरूमा खानेपानीको चरम अभाव सुरु भएको छ । हप्तौदेखि खानेपानी धारामा नआउदा समस्या भएको स्थानीयले बताएका छन् । 

धरान–१३ का विभिन्न टोलकाध धारामा पानी नआए पछि स्थानीय हरी कार्कीको पहलमा खानेपानी व्यवस्थगापन बोर्डसँग छलफल नै राखेको छ । स्थानीय हरि कार्कीले चैत अन्तिमदेखि नै खानेपानी अभाव भएको बताउनु भयो । धरान १३ मा उहाँले गतवर्ष पानी अभाव नभएको बताउनुभयो । तर यस बर्ष पानीको चरमा अभाव भएको उहाँले बताउनु भयो । ‘यो वर्ष पानी आउन छाडेपछि के कारणले पानी आउन छाडेको भनेर छलफल गरेका छौँ ।’  उहाँले भन्नुभयो, धरान–१३ का प्रायः बस्तीमा खानेपानीको समस्या रहेको छ ।‘ 

धरान १३ स्थित जानकी सामुदायि टोल सुधार समितीका संस्थापक सदस्य दिलिप श्रेष्ठले खानपानी नभएर स्कुल जाने बच्चाहरुलई समस्या भएको बताउनु भयो । ७ दिन देखि पानी नआउदा नानीहरु चाउचाउ खाएर स्कुल जान बाध्य भएको उहाँले बताउनु भयो । ‘ मेयर हर्क साम्पाङले पानीले धरान नै बगाइदिन्छु भन्नुभयो । तर पानीको समस्या उस्तै छ । मेयर ज्युले हाम्रो वडामा बर्षायममा ठूलो पायममा पानी आएको युुटयुुमा आएको देखाउनु भयो । तर यति बेला पानी छैन् ।’ - श्रेष्ठले भन्नुु भयो । आफुहरु रित्तो गाग्री लिएर खानेपानी व्यवस्थापन बोर्डको कार्यालय घेराउ गर्न खाने तयारी भएको उहाँले बताउनु भएको छ ।

धरान–१५, १७, ९, १०, १६ लगायत प्रायः वडाहरूमा खानेपानी अभाव भएको स्थानीयले जनाएका छन् । धरानमा केही दिनअघि वडाध्यक्षहरूले पत्रकारसँगको भेटघाटमा प्रायः वडामा पानी समस्या रहेको वडाध्यक्षहरुले बताउनु भएको थियो ।  धरान–१३ स्थित उदय मार्गका पदम प्रधानले घरमा चैतदेखि नै पर्याप्त मात्रामा पानी आएको बताउनुभयो । धरानको नेतृत्व प्रति उहाँले आक्रोससमेत पोख्नुभयो ।

धरान–७ शान्तिपथका स्थानीयको धारामा १० दिनदेखि पानी झरेको छैन । पानी नझरेपछि स्थानीयहरू पानी किनेर प्रयोग गर्न बाध्य भएका छन् ।  धरानमा सन् २०१७ मा एडिवीको सहयोग अनुदानमा खानेपानी परियोजना संचालन गरिएको थियो । तर उक्त परियोजनाले धरानको पानीको आवश्यकतालाई परिपूर्ती गर्न नसक्दा धरानमा खानेपानीको समस्या सालान्ने झेल्दैं आएको छ ।

धरानका मेयर पाखामा पानीका पायप तान्नमा व्यस्त

बर्षायममा धरान उपमहानगरपालिकका मेयर हर्कराज राईले निशानेलगायतका साना खोलाहरुबाट श्रमदानमा पानी संकलन गर्नु भएको थियो । तर ती मुहान हिउदा सुुकेका छन् । उहाँले धरानमा अव पानीको अभाव नहुने भन्दैं धरान १३ फुस्रेमा ठूलो पाइपबाट पानी ल्याएको युट्युुमा प्रचार गर्नु भएको थियो । तर उक्त पानी सुकेको छ । यति बेला मेयर राई पानी कै लागि भनेर धरानको २० नं. वडामा पर्ने कोकाहा खोलाको पानी ल्याउन श्रमदान अभियानमा लाग्नुभएकमो छ । धरानका अधिकांश वडामा पानी नभए स्थानीय उपभोक्ता आन्दोलित भएका बेला उहाँ भने पाखामा पाइप तानी रहनु भएको छ । फेसबुकमा पानीको कृतिम अभाव विरोधीहरुले गराएको बताउदैं चैत बैशाखमा अभाव हुनु सामान्य भएको फेसबुकमा स्टार्टस लेख्दै आउनु भएको छ । कोशीको पानी ल्याएर धरानको पानी अभावलाई दीर्घकालिन समाधान गरिने मेयर राईको भनाई छ ।  

एक बर्षदेखि खानेपानी बोर्ड नेतृत्व विहीन

२०७७ सालमा खानेपानी संस्थानलाई गाभेर धरान उपमहानगरपालिकाको स्वामित्वमा रहने गरि खानेपानी व्यवस्थापन बोर्ड गठन गरिएको थियो । २०७९ बैशाखसम्म तत्कालिन मेयर तिलक राईको अध्यक्षतामा बोर्ड गठन गरिएको थियो । बोर्डमा राजनीतिक दलका नेताहरुसहित ६ सदस्यीय समिति रहेको थियो । दुुुई जना सदस्यहरुको कायैवधी सकिएको छ । 

२०७९ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन पछि मेयरमा हर्क राज राई निर्वाचित भए पछि उहाँले बोर्डको बैठक एक पटक पनि राख्नु भएको छैन् । हाल बोर्डका सदस्य सचिव राजु पोखरेल, पदेन सदस्य विजय श्रेष्ठ, राजनीतिक दलहरुको तर्फबाट श्याम पोखरेल र मनोज भट्टराई रहनुभएको छ । खानेपानी विज्ञको तर्फबाट देवराज श्रेष्ठ रहनुभएको छ । तर उहाँको ४ बर्षे पदावधी सकिएको छ । यस्तै बोर्डमा प्रदेश सरकारको खानेपानी डिभिजनका उपसचिव पनि पदेन सदस्य हुने व्प्यवस्था छ ।  

उपमहानगरमा नयाँ नेतृत्व आउने वितिकै बैठक बसरे बोर्डको अध्यक्ष चयन गरेर बोर्डलाई चलायमान बनाएर धरानको खानेपानी व्यवस्थापन गर्नु पर्ने हो तर गरिएको छैन् । मेयर सापले चासो दिएर बोर्ड बैठक बस्नुपर्ने हो तर कुनै पहलकदमी नहुदा बोर्ड नेतृत्वविहीन हुन पुुगेको सुनसरी उद्योग बाणिज्य संघका अध्यक्षसमेत रहुन भएका बोर्ड सदस्य विजय श्रेष्ठले बताउनु भयो । बोर्ड नेत्तवविहीन अवस्थामा बोर्डबाट गरिएको करोडौको खर्चसमेत बेरुजुु आएको बताइएको छ । उपमहानगरमा नयाँ नेतृत्व आउने वित्तिकै सदस्य सचिवको पहलमा बोर्ड बैठक बस्नु पर्ने हो तर सदस्य सचिव राजुु पोखरेलले बैठक बसाउन एक बर्षदेखि सक्नु भएको छैन् । पदेन सदस्य बाहेका सदस्यहरुको पदावधी ४ बर्षको हुने धरान खानेपानी व्यवस्थापनका लागि बनेको ऐनमा उल्लेख छ ।

बोर्ड सदस्य मनोज(सूूर्यप्रसाद) भट्टराईका अनुसार बोर्डको खातापाता हिसाव किताव कर्मचारीसंग माग गर्दा मेयर सापले लगेको जवाफ पाएको बताउनु भएको छ ।  बोर्ड सदस्यले नै हिसावकिताव र खातापाता माग्दा पाउन नसकेको बोर्ड सदस्यहरु बताउछन् ।  यस विषयमा कुरा गर्न मेयर राईको ९८५२०४५६०० मा सम्पर्क गर्दा फोन उठाउनु भएन ।