धरान / धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा शनिबार  देखि आठौं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प सुरु भएको छ ।

भर्खरै एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरुलाई लक्षित गरि आयोजित ट्यालेन्ट हन्टमा धरानभरिका विभिन्न स्कुल तथा कलेजबाट करिब ५० जना विद्यार्थीहरुले सहभागिता रहेको आयोजकले जनाएको छ । ट्यालेन्ट हन्ट तीन हप्ता सम्म चल्ने छ  । एसईइ दिएर बसेकाहरुर्लाई भने विद्यार्थीको क्षमता अनुसार संघले निरन्तर प्रशिक्षण दिने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले जानकारी दिनु भएको छ । ट्यालेन्ट हन्टमा सहभागी जनाएका उत्कृष्ट बिद्यार्थीलाई विद्यार्थीको इच्छा अनुसार धरानको विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने समेत अध्यक्ष सुबेदीले जानकारी दिनुभयो । संघले अहिलेसम्म सय भन्दा बढी विद्यार्थीहरुलार्इ छात्रवृत्तिमा सिफारिस गरिसकेको छ ।  

 धरान १६ मा रहेको धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न क्याम्पको उद्घाटन संघका अध्यक्ष नारायण सुवेदीले शनिवार प्रशिक्षकहरुलाइ बल प्रदान गरेर गर्नु भएको छ ।  उद्घाटन कार्यक्रममा धरान १८ स्थित कार्मेल हाइ स्कुलकातर्फबाट ट्यालेन्ट हन्ट कार्यक्रमलाई नगद ५ हजार रुपैया सहयोग गरिएको छ । सहयोग रकम स्कुलका संचालक दोरचु शेर्पाले संघलाई हस्तान्तरण गर्नु भएको छ । कार्यक्रममा युवा नेता एव अग्रज पत्रकार भीमज्वाला राई, धरान बास्केटबल संघका कोषाध्यक्ष गौरबमान श्रेष्ठ, धरान १९ न. वडा सदस्य लोकेन्द्र राईलगायतको उपस्तिथिती रहेको थियो

ट्यालेन्ट हन्टमा सहभागिहरुलाइ राष्ट्रिय प्रशिक्षक विकाश चाम्लिङ राई, सहयोगीहरु प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा. आशा रार्इ, युगल लिम्बू, दिवस राई, सुसन श्रेष्ठलगायत रहनुभएको छ । 

व्यवसायिक खेलाडी  उत्पादनका लागि प्रशिक्षक विकास राईको पहलमा प्रत्येक बर्ष  बास्केटवल प्रशिक्षण धरानमा हुदैं आएको छ ।

basketball1