धरान / कोशी गाउँपालिका हरिपुर ७ नम्बर वडास्थित मुसहरटोलमा भएको आगलागीबाट ८ वटा घर जले नष्ट भएका छन् । 

सोमबार दिउसो भएको आगलागीबाट स्थानीयहरुको लत्ताकपडा, भाँडाकुँडा र भएका अन्न जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर जलेर नष्ट भए पनि ८ घरका ३४ परिवार विस्थापित भएको नेकपा (एमाले) कोशी गाउँ कमिटीका अध्यक्ष रामखेलन साहले जानकारी दिनु भयो । आगलागिबाट करिव ४५ लाखकाे क्षति भएकाे प्रहरीले प्रारम्भिक अनुमान रहेकाे स्थानीय जीतेन्द्र खेरवारले जानकारी दिनु भयाे । गहुकाे भुस राखिएकाे स्थानबाट आगाे लाग्न शुरु भएकाे स्थानीयले बताएका छन् ।

उहाँका अनुसार हरेराम सदा ४ परिवार, शिवनारायण सदाका ५ परिवार, जगदीश सदाका ६ परिवार, दिनेश सदाका ३ परिवार, सुनिता सदाका ३ परिवार, चन्द्रदेव सदाका ३ परिवार, बेचन सदाका ६ परिवार र सुरज सदा ४ सदस्यीय परिवार आगलागीबाट विस्थापी हुनु भएको छ । उनीहरुलाई आजको रात काट्न त्रिपाल र भूजा चिउरोको व्यवस्था गरिएको अध्यक्ष साहले जानकारी दिनु भयो । aglagi