धरान / शुक्रबार धरानमा सञ्चार डवलीनाम दिएर अग्रजका कुरा सुन्ने र सुनाउने कार्यक्रम भएको छ । डवलीमा धरानबाट प्रकाशित ‘ब्लाष्ट  टाइम्स’ दैनिकका प्रधान सम्पादक  अग्रज पत्रकार राजकुमार कार्कीले  पत्रकारिताका सवालमा विगतमा भोगेका अप्ठ्यार कठिनाईबारे नयाँ पुस्ताका पत्रकारहरुलाई सुनाउनु भयो ।  सोही दिन उहाँको ६ ५औँ जन्मदिन पनि परेको थियो । 

प्रेस चौतारी नेपाल सुसनरी र धरान उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा लामो समयदेखि निरन्तर पकारिता पेसामा लागि रहनु भएको कार्कीलाइृ सम्मान पनि गरिएको थियो । पूर्व मन्त्री तथा सङ्घीय प्रतिनिधि सभाका सांसद राजेन्द्रकुमार राईले कार्कीलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान  गर्नु भएको थियो । 

सांसद राईले राजकुमार कार्की पञ्चायतकलमा पूर्वका कम्युनिष्टहरुका संगठक, लोकतान्त्रिक आन्दोलनका एक योद्धा भएको बताउनु भएको थियो । उाहाँको योगदानको उचित मूल्याङ्कन नभएको सांसद राईको भनाई थियो ।

प्रधान सम्पादक कार्कीले पञ्चायत मास्न, प्रजातनत्रस्थथापना गर्न र लोकतन्त्रका लागि संङ्घर्ष गर्नु भएको अनुभव सुनाउनु भयो ।  पञ्चायती शासकहरूले पटक पटक पक्राउ गरी वर्बर यातना दिएको अनुभव सुनाउँदै उहाँले ‘प्रहरीले दुइई पटक मार्न पनि लगेको पनि मेरो आत्वल नझेकेकाले मार्न नसकेको बताउनु भयो ।  

पटक पटक जेल जीवन बिताएका कार्कीले तानाशाही शासन विरुद्ध लोकतन्त्रका लागि सङ्घर्ष गरिए पनि अहिलेको राजनीति देख्दा ‘हुँदा खानेको लागि होइन, हुने खानेका लागि लोकतन्त्र आएको’ जस्तै भएको अनुभव पनि सुनाउनु भयो । 

डबलीमा पत्रकार महासङ्घ कोशी प्रदेशका सचिव तथा प्रेस चौतारी नेपालका कोशी प्रदेश सहइञ्चार्ज देवेन्द्र कार्कीले नयाँ पुस्ताका लागि राजकुमार कार्की जउिदो इतिहास भएको बताउनु भयो ।  समकालीन पत्रकारहरू हर्ष सुब्बा, कृष्ण विनोद लम्साल, गोपाल देवानले उहाँका संघर्षका कथा सुनाउनु भएको थियो । यस्तै एमाले प्रदेश समिति सचिवालय सदस्य तथा कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले कार्की साहितयकार, पत्रकार भन्दा पनि बढि क्रान्तिकारी राजनीतिकर्मीको रुपमा बढि चिनिएको बताउनु भयो । उहाँ विच मै बाटबाट छुट्नु भयो । पाटीृका लागि यो ठूलो नोक्सानी भएको उहाँले बताउनु भयो । यस्तै उहाँ समकालिन राजनीतिकर्मी तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य मुरारी सुवेदीले उहाँले राजनीति, साहित्य र पत्रकारितामा गरेको योगदानको चर्चा गर्नु भयो । । 

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, चौतारी केन्द्रीय सदस्य सन्तोष काफ्ले, प्रेस सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्कीले पनि कार्कीका योगदान चर्चा गर्नु भएको थियो । 

प्रेस चौतारीकी जिल्ला अध्यक्ष शुभद्रा प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सञ्जु राईले गर्नु भएको थियो । पुराना अग्रज पत्रकारहरुका अनुभव र भोगाई सुन्न चौतारीले प्रत्येक तनि महिनामा यस्ता ेकार्यक्रम आयोजना गदैं आएको बताउनु भयो । 

May be an image of 6 people and people smiling