धरान  / धरान- १५ भिष्मा पथस्थित जनजागृति महिला समुहको भजनकिर्तन समुहलाई धरान उपमहानगरपालिका वडा नं. १५ ले बाध्यबादनका सामाग्री उपलब्द गराएको छ । 

विहीबार वडाध्यक्ष नरेशकुमार इवाराम निमित्त वडासचिव भूपाल निराैलाले समुहलाई हस्तान्तरण गर्नु भएको हाे । ३० हजार बरावरको हार्मोनियम, डोलकी र झ्याम्टा खरिद गरि दिएको वडाध्यक्ष इवारामले जानकारी दिनु भयो ।  वडा भरी भजन गाउदै‌ हिडने महिलाहरु वडाबाट सहयाेग पाए पछि खुशी भएका छन् । कला स‌स्कर्ति जगेर्नाका लागि समुहले भूमीका निर्वाह गर्ने समुहकी अध्यक्ष सावित्रा कार्कीले बताउनु भयाे ।