धरान । पब्लिक हाईस्कुल धरान–१२ ले अभिभावकहरूसँग अन्तरक्रिया गरेको छ । विद्यालयले सोमबार कक्षा १ देखि ५सम्मका विद्यार्थीको परीक्षाफल प्रकाशन तथा छात्रवृत्ति वितरणसँगै अन्तरक्रिया गरेको हो । सो अवसरमा कक्षा १ ‘ए १’ बाट प्रथम हुने साइबा शर्मा, दोस्रो हुने प्रिन्स चौधरी, तेस्रो हुने साक्षी गुप्ता र चौथो प्रतिक राना मगर, कक्षा १ ‘ए २’ बाट प्रथम विवेक तामाङ, दोस्रो दीपिका साह, तेस्रो प्रिती चौधरी र चौथो जेसिका परियारलाई पुरस्कार वितरण गरियो ।

त्यस्तै कक्षा २ ‘ए १’ बाट प्रथम हुने नेहा राया क्षेत्री, दोस्रो सक्षम मिश्र, तेस्रो आभाष बुढाथोकी र चौथो प्राची गुप्ता तथा कक्षा २ ‘ए २’ बाट प्रथम गीताश्री घिमिरे, दोस्रो आर्यन साह, तेस्रो स्वराज दाहाल र चौथो निकिता पौडेलले पुरस्कार पाए । त्यसैगरी कक्षा ३ ‘ए १’ बाट प्रथम आर्यन प्रधान, दोस्रो राजश्री पौडेल, तेस्रो मिङ्सो लिम्बु र चौथो आरुषी लामा तथा कक्षा ३ ‘ए २’ बाट प्रथम सक्षम कोइराला, दोस्रो रिहान परियार, तेस्रो सफलता कोइराला र चौथो नितिका तामाङले पुरस्कार पाउनु भएको छ । 

त्यस्तै कक्षा ४ ‘ए १’ बाट प्रथम कृष्मा राई, दोस्रो संयोग श्रेष्ठ, तेस्रो इच्छा लावती र चौथो डोनिसा पोखरेल तथा कक्षा ४ ‘ए २’ बाट प्रथम रिया तामाङ, दोस्रो अविदा थापा, तेस्रो अंश श्रेष्ठ र चौथो अदिष्मा राईले पुरस्कार तथा प्रमाण–पत्र पाउनु भयो । 

त्यसैगरी कक्षा ५ ‘ए १’ बाट प्रथम प्रतिक श्रेष्ठ, दोस्रो सुगम ओझा, तेस्रो प्रदिप पाँचकोटी र चौथो सुशील विकले पुरस्कार पाउनु भएको छ । कक्षा ५ ‘ए २’ बाट प्रथम नुमा लिम्बू, दोस्रो अर्चना साह, तेस्रो नियम घिमिरे र चौथो स्वेच्छा दाहाल भए भने कक्षा ५ ‘ए ३’ बाट प्रथम आराध्या कार्की, दोस्रो आशिष बराइली, तेस्रो रुविना नेपाल र चौथो सलिना पौडेल भए । उनीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कार्की, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किराती, विद्यालयका प्राचार्य इन्द्रमोहन झालगायतले पुरस्कार वितरण गर्नु भएको थियो । 

कार्यक्रममा प्राचार्य झाले विद्यालयको सञ्चालनका अवस्था  तथा समस्याहरूका विषयमा अभिभावकलाई जानकारी गराएका थिए भने अभिभावकहरूले आफ्ना समस्याबारे अवगत गराउनु भएको थियो । 

विललयमा आइतबारदेखि बुधबारसम्म अभिभावकसँग अन्तरक्रियासँगै परीक्षाफल प्रकाशित गर्ने कार्यक्रम रहेको प्राचार्य झाले जानकारी दिनु भयो ।