धरान / धरान उपमहानगरपालिका वडा नंं १५ ले टोल विकास संस्थाहरुलाई प्रशिक्षण दिएको छ । शनिवार बाजगरा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा प्रशिक्षण दिइएको हो । 

स्थानीय तहको सबै भन्दा तल्लो निकाय टोल विकास संस्था वडाको समग्र विकासका लागि महत्वपूर्ण  भूमिका खेल्ने भएकाले सरकारले दिने सेवा सुविधा जनतासम्म पुर्याउन टोल विकास संस्थाले खेल्नु पर्ने भूमिकाबारे अवगत गराउन प्रशिक्षण कार्यक्रम गरिएको वडाध्यक्ष नरेशकुमार इवारामले जानकारी दिनु भयो । 

प्रशिक्षणको सहजीकरण  धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले गर्नु भएको थियो । 

कार्यक्रममा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सृर्जना नेपाल, वडा सदस्य रंगलाल गिरी, रचना नेपाली, वडा सचिव नारायण राई, भूपाल निरौलालगायतको सहभागीता रहेको थियो । 

प्रशिक्षणमा वडामा रहेका ३९ वडा टोल विकास संस्थाहरुका अध्यक्ष र सचिवलाई सहभागिता गराइएको थियो । 

कार्यmक्रममा वडामा उत्कृष्ट काम गर्ने टोल विकास संस्थाहरु छनौट गरि सम्मान समेत गरिएको कार्यक्रमकी फोकल परसन दीपिका कार्कीले जानकारी दिनु भयो ।   

३९ वटा टोल विकास संस्थाहरुमा प्रथम दसरथ टोल विकास संस्था, दोश्रो विशाल चोक टोल विकास संस्था, तेश्रो तुलसी गोविन्द टोल विकास संस्था छानिएका छन् । उनीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । 

वडाध्यक्ष नरेशकुमार इवारामको अध्यक्षतामा समापन कार्यक्रम गरिएको थियो ।