धरान / ६६ औं सहकारी दिवसका अवसरमा सहकारी समन्वय समिति धरान नगर समितिले तीन जना सहकारी अभियान्ताहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा े सहकारी अभियान्तको रुपमा धरान उपमहानगरपालिक वडा नं. १५ का वडाध्यक्ष नरेशकुमार इवारमलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट सहकारीतर्फ धरान १५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था लि सम्मान गरिएको छ । यस्तै संचारक्षेत्रमा सहकारी चिनाएको भन्दैं नेपाल पत्रकार महासंघ सुनसरीकी कार्यालय सचिव रस्मी प्रधानलाई पनि समितिले सम्मान गरेको छ । 

प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराईले उहाँहरुलाई दोसाला ओडाएर सम्मान गर्नु भयो । उहाँले विषम परिस्थितिमा सहकारी शेयर सदस्य तथा वचतकर्ताहरुको मनोवल उच्च वनाउने गरी काम गर्नुपर्नेमा जोडदिनु भएको छ । उहाँले हावाहुरी र अफ्ठारो परिस्थितिमा पनि सहकारीले निम्न वर्गको आर्थिक विकासमा टेवा पु¥याउने गरी काम गर्नु पर्ने सुझाव दिनु भएको छ । 

धरान उपमहानगरपालिका वडा नं १७ का वडाध्यक्ष मनोज भट्टराईले सहकारी भित्र शुद्धिकरण आवश्यकता टडकारो बताउनु भयो । स्थानीय निकायले पनि सहकारीहरुलाई समय समयमा नियमन गर्नुपर्ने उहाँको भनाई थियो । 

कार्यक्रममा धरान –१५ का वडाध्यक्ष तथा सहकारी अभियान्ता नरेशकुमार इवारमले संचालक समिति र कर्मचारीको गलत नियमतले सहकारी भित्र संकट आएको बताउनु भयो । नेपाली कांग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले व्याजको लोभमा बचतकर्ता फस्नु नहुने बताउनु भयो । जिल््ला वचत संघ सुनसरीका उपाध्यक्ष काजी गिरीले सहकारीको मुल्य मान्यता विपरीत संचालन भएको हुदा समस्या आएको बताउदैं सहकारी अनुगमनको आवश्यकता रहेको बताउनु भयो ।  कार्यक्रममा नेकपा एमालेका धरान नगर उपाध्यक्ष पारस काङमाङ राई, नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ, जिल्ला सहकारी संघ सुनसरीका उपाध्यक्ष दिनेश श्रेष्ठ, सहकारी नगर समन्वय समितिका सचिव नविन मेन्याङ्वालगायतले बोलनु भएको थियो । 

कार्यक्रम अघि लोकतान्त्रिक चौतारी भानुचोकबाट छाताचोक हुदै सिंहदेवी चोक हुदै चुम्लुङ हिमसम्म ¥याली निकालिएको थियो । धरान नगर समन्वय समितिकी अध्यक्ष मिसन लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।