धरान /  ५२ बर्ष अघि निर्माण भएका धरान उपमहानगरपालिका वडा नं. १८ रत्नचोकमा रहेको ऐतिहासिक काठको घर । दायाँ पटिको घर पाचभाइ होटल र बायाँ पटिको घर मिलघरको नामले त्यस बेला चर्चित थिए । हालको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको स्थानमा गोर्खा सैनिक भर्ति केन्द्र रहेको थियो । गोराहरुको खाना खाजा खाने ठाउँ त्यही पाँच भाई होटलमा भएको स्थानिय बुढापाका बताउछन् ।  इतिहास जिवित राख्न उक्त घरहरुमा धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राईले ८ लाख रुँपैया खर्चिएर रङ्गरोगन गर्नु भएको छ ।  तस्विर साैजन्य: विकास राई