धरान । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री राजेन्द्रकुमार राईले नेकपा एमालेका हरेक कार्यकर्तालाई खर्चमा भन्दा  उत्पादन (आय) वृद्धिमा जोड दिनु पर्ने बताउनु भएको छ । उहाँले अब पार्टीलाई उत्पादनसँग जोडेर कार्यकर्ता मितव्ययी हुनु पर्ने बताउनु भएको छ । 

 नेकपा एमालेको मिसन ग्रास रुट अभियान अन्र्तगत सोमबार नेकपा एमाले धरान उपमहानगर  मजदुर शाखा कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै राईले कम्युनिष्ट पार्टी मजदुरहरुको पार्टी भएकाले मजदुर हकहित र उनीहरुको जीवनस्तर उकास्न नयाँ कार्यक्रम पार्टीले ल्याउने उहाँले बताउनु भयाे । मजदुरको सम्मान र मजदुरको सुरक्षा एमालेको पहिलो प्राथमिकता हो,तपाईहरु उत्पादन (आय) सँग जोडिनुहोस्,एमालेले त्यसलाई संस्थागत गर्छ । -उहाँले भन्नु भयाे ।  

 कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले मजदुरहरुको हकहितका लागि अब हरेक स्थानिय पालिकामा मजदुर डेक्स निर्माण गर्नु पर्ने बताउनु भएको छ । मजदुरहरुले सम्मानजन काम र ज्वाला पाउनु पर्ने अभियान लिएर एमाले गाउँगाउँ प्रवेश गरेको बताउनु भएको छ । 

मजदुर शाखा कमिटीले पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत भेलाले आगामी योजना समेत तय गरेको छ । चैत मसान्तसम्म १ सय ४ पार्टी सदस्यता नविकरण र ५० जना नयाँ पार्टी सदस्य विस्तार गर्ने, अग्रज मजदुरहरुको संरक्षण र सम्मान गर्ने,  जिफन्टका सदस्य युनियनहरूको बैठक, भेला, प्रशिक्षण र अधिवेशनहरू सम्पन्न गर्ने निर्णय भएको शाखा कमिटी अध्यक्ष विकेश श्रेष्ठले बताउनु भयो । 

भेलामा मजदुरहरुको  १८ वटा घटक संगठनहरुको सहभागीता रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका धरान उपमहानगर अध्यक्ष कमल भट्टराईले जानकारी दिनु भयो । 

यस्तै भेलाले पार्टीका नयाँ सदस्यहरूका लागि अभिमुखिकरण गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन र प्रभावकारिताका विषयमा स्थानीय तहमा श्रम डेस्क स्थापनाका लागि पहल गर्ने, जनसरोकारका विषयहरूमा सहभागीता जनाउने, मे दिवस २०२३ लाई भव्यताकासाथ सम्पन्न गर्ने, अग्रज ट्रेड युनियनकर्मीहरूलाई सम्मान गर्नेलगायतको निर्णय भएको छ ।

मजदुर नेता लक्ष्मी बानियाले सचालन गरेको कार्यक्रममा मिसन ग्रास रुटका अभियान्ता तथा नेकपा एमाले प्रदेश कमिटीका सदस्य प्रमोद शेर्पा सहित, प्रदेश जिल्ला तथा नगरका नेतााहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

337685783_577641617658180_2640375203598576851_n