धरान  / नेकपा एमालेको ग्रासरुट अभियान अन्तर्गत नेकपा (एमाले) धरान १३ नम्बर वडा कमिटीको योजना बैठक शनिवार सम्पन्न गरेको छ । 

नेकपा एमाले प्रदेश कमिटी सदस्य रामप्रसाद चौलागाई र भीमज्वाला राईको विशेष आतिथ्यतामा भएको बैठकले पार्टीलाई सुदृढीकरण र टोल टोलसम्म परिचालन गर्न योजना निर्माण गरेको छ । 

बैठकमा नेता चौलागाईले पार्टी नेतामुखी भएको भन्दैं कार्यकर्तामुखी बनाउन ग्रासरुट अभियान संचालन गरिएको बताउनु भयो । नेकपा एमालेको नेतृत्व सरकारले गरेको विकास निर्माणका विषयमा गाउँगाउँमा सन्ंदेश छर्न पार्टी कार्यकर्ता एकताबद्ध बनाउन ग्रासरुटले सहयोग गर्ने बताउनु भयो । 

बैठकमा नेकपा(एमाले) प्रदेश कमिटी सदस्य भीमज्वाला राईले स्थानीय जनता र पार्टीको सम्बन्ध समधुर बनाउँन अभियान थालिएको बताउनु भयो । ग्रासरुट अभियानमा संगठित सदस्यहरुले आफ्नो छिमेकी तथा नजिकका व्यक्तिलाई नेकपा एमालेले देश र जनताका लागि गरेका लोकप्रिय कामका विषयमा बुझाउन काम भइरहेको बताउनु भयो । 

अभियानमा पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, अग्रजलाई सम्मान, स्मृति कोष स्थापना, जनताका सरोकारका विषयमा पार्टीले अगुवाई गर्ने विषयमा छलफल र निर्णय हुने गरेको नेता राईले बताउनु भयो । 

ram prasad

नेकपा एमाले १३ नं. वडाका कार्यवहाक अध्यक्ष दिवसप्यारा श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा चैतसम्म ११७ पार्टी सदस्यता नविकरण गर्ने , ८० जना नयाँ सदस्य वितरण गर्ने, वडाभरी ५ वटा टोल कमिटीहरू निर्माण गर्ने, वडामा जेष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने र अग्रजलाई सम्मान गर्ने, वडाका पुराना र दिवङ्गत पार्टी सदस्यहरूको नाममा स्मृति कोष स्थापना गर्न निर्णय गरेको छ । 

वडा सचिव विष्णु चौलागाईका अनुसार वडामा रहेका ३५ वर्षमुनिका युवाहरूको विवरण तयार गर्ने, जन सरोकारका विषयहरूमा पार्टीले अगुवाइ गर्ने, चैत अन्तिममा वडा भेला तथा प्रशिक्षण गर्ने निर्णय भएको छ । बैठकले निर्वाचनको समयमा पार्टीले कारवाही गरेको तत्कालिन वडाध्यक्ष घनश्याम तिम्सिना र हरिप्यारा श्रेष्ठलाई गरेको कारवाही फुकुवा गर्न उपमहानगर कमिटीलाई सिफारिससमेत गरेको छ ।

बैठकमा मुक्ति समाज, अनेमासंघ, युवा संघलगायतले वडामा भएको गतिविधीबारे जानकारी गराउनु भएको थियो । बैठकमा नेकपा एमाले जिल्ला कमिटी सदस्य हेमराज सुवेदी, नेकपा एमाले उपमहानगर कमिटी सदस्य तथा १३ नं. वडा इञ्र्चाज हरी कार्की, धरान उपमहानगर १३ नं. वडाध्यक्ष नेत्र काफ्लेलगायतले बोल्नु भएको थियो । 

bhim