धरान /  कोशी प्रदेश नामाङ्कन खारेजीको माग गदैं प्रदर्शनमा घाइते धरानका पदम लिम्बु (लाजेहाङ) को उपचारको क्रममा मृत्यु भए पछि मृतकँलाई सहिद घोषणा र पुनः नामकरण भए सम्म शव जिम्मा नलिने संयुक्त सङ्घर्ष समितिले निर्णय गरेको छ ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठक पछि प्रदेशको १४ वटै जिल्लामा र काठमान्डुमा समेत विरोध सभा गरेको छ ।   चैत ११ गते प्रदेशभरी २ घण्टा चक्काजाम गर्ने निर्णय पनि गरिएको सङ्घर्ष समितिले जनाएको छ । दिउसो १ देखी २ बजे प्रदेशका १४ वटै जिल्ला स्थानिय संयुक्त सङ्घर्ष समितिहरूद्वारा चक्काजाम गराइने भएको हो ।

घट्नाको छानबिन आयोग गठनको माग सहित सङ्घर्ष समितिले संयुक्त राष्ट्रसङ्घ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने भएको छ । 

‘प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन नगरुन्जेल र सहादत प्राप्त पदम लिम्बु लाजेहाङलाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नगरुन्जेल मृतकको शव जिम्मा नलिने सङ्घर्ष समितिको प्रमुख घटक याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी दिनु भयो ।  

संयुक्त सङ्घर्ष समितिको तर्फबाट मृतक परिवारलाई तत्कालका लागि १ लाख ५० हजार रुपया तत्काललाई उपलब्ध गराउने निर्णय समेत गरिएको छ । 

कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते धरान(१५ का पदम लिम्बु लाजेहाङको शुक्रवार बिहान २ः३० बजे निधन भएको थियो । उहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको थियो । उहाँको शव प्रतिष्ठानमा राखिएको छ ।

धरान-१५ मा बसोबास गर्दै आउनु भएका लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह(कमान्डर रहनु भएको थियो । ४२ वर्षीय लाजेहाङ २०५२ देखी लिम्बुवान आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।

संयुक्त सङ्घर्ष समितिले ‘लाजेहाङको मृत्युको जिम्मा प्रदेश १ को कोशी प्रदेश नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री पुष्पकलम दाहाल र नेपाल प्रहरीले लिनु पजनाएको छ ।