धरान / अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले आइबार धरानमा एउटै मञ्चबाट चार पुस्तक लोकार्पण गरेका छ ।साेही कार्यक्रममा कृति समीक्षा तथा पुरस्कार र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल प्रज्ञा प्रष्ठिानका पूर्व कुलपति तथा आयामेली शिखर कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कविता संग्रहहरु “लेकबेँसीको स्पन्दन”, “म युग बगिरहेको छु”, “प्रिय मान्छेहरु” र साहित्य–संग्रह “परदेशी बिम्वहरु” को वर्ष १४, अंक १४ को सामूहिक लोकार्पण गरिएको थियो ।

FB_IMG_1679282704860

कार्यक्रममा सगरमाथा आरोहण गर्ने प्रथम किरात चेली पत्रकार देउराली चाम्लिङलाई सम्मानर गरिएको थियो । सम्मानित चाम्लिङलाई नेपालका वरिष्ठ लोक गायिका कविता आलेद्वारा सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, कार्यक्रममा उपस्थित नभए पनि नेपाली साहित्यका चर्चित उपन्यासकार तथा प्रसिद्ध साहित्यकार लिलबहादुर क्षेत्रीलाई “भीमबहादुरस्मृति सम्मान-२०७९” प्रदान गरियो ।

क्षेत्रीको सम्मान पत्र उहाँको तर्फबाट इटहरीका शिक्षासेवी ज्ञानेन्द्र दाहालले ग्रहण गर्नुभएको थियो भने प्रमुख अतिथि काइँलाले प्रदान गर्नुभएको थियो । “भीमबहादुरस्मृति सम्मान-२०७९” बेलायतमा रहेर लामो समयदेखि नोपली साहित्य सेवा गर्दै आएकी जानु बाम्बाङलाई नगद ११ हजार १ सय ११ सहति प्रमाण पत्र प्रदान गरिएको थियो । नेपाली प्रतिभा प्रतिष्ठान युकेका महासचिव देबेन्द्र खेरेसले ग्रहण गर्नुभएको थियो । 

FB_IMG_1679282635530

स्व। भीमबहादुर स्मृति प्रतिष्ठान परदेशी साहित्यिक समूहका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले आफ्नो बुबाको नाममा स्थापना गर्नुभएको हो ।उहाँ  समाजमा विशिष्ठ याेगदान दिने व्यक्ति लाई यसै बर्षबाट पुरस्कार  प्रदान गर्न शुरु गरिएको उहाँले जानकारी दिनु भयो । 

कार्यक्रममा इजरायलमा रहेकी तेर्हथुमकी कवि सुनिता राई कन्दङ्वाको कविता संग्रह “म युगबगिरहेको छु” माथि भाषाविद् दिनेश पौडेलले समीक्षा गर्नुभएको थियो भने इटहरीका कृष्णप्रसाद गौतमको कविता कृति “लेकबेँसीको स्पन्दन” माथि साहित्यकार तथा समीक्षक रामप्रसाद खरेलले समीक्षा गर्नुभयो । 

FB_IMG_1679272433732

परदेशी साहित्यिक समूहका अध्यक्षसमेत रहनुभएका कवि तथा साहित्यकार सुरेन्द्र लिम्बू परदेशीको नयाँ कविता संग्रह “प्रिय मान्छेहरु” बारे युवाकवि सुदीप पाख्रिनले समीक्षा गर्नुभएको थियो भने परदेशी साहित्यिक समूहबाट वर्षेनी प्रकाशन गरिँदै आएको साहित्य–संग्रह “परदेशी बिम्वहरु” को वर्ष १४, अंक १४ माथि पत्रकार तथा लेखक देबेन्द्र कार्कीले समीक्षा गर्नुभएको थियो ।

समूहका उपाध्यक्ष साहित्यकार भीम विरही राईद्वारा सञ्चालित कार्यक्रममा कविताआइडलमा १२ औं स्थानमा आफ्नो नाम सुरक्षित गर्न सफल धरानकी कवि छबिना लुङ्गेली मगर,दार्जिलिङका कवि बिशाल नाल्बो, सबिता फागो चोङबाङलगायतले कविता वाचन गर्न भएकाे थियाे।

received_1409324066554932