धरान / यही चैत्र २१ गतेदेखि २५ गतेसमम काठमाडौंमा हुने वीर गणेशमान सिंह राष्ट्रिय बकिसङ प्रतियोगिताका लागि प्रदेश १ को छनौट प्रतियोगिता विराटनगरमा हुने भएको छ । 

वीर गणेशमान सिंह फाउण्डेशन कोशी प्रदेश स्पोर्टस कमिटिले विराटनगर उपमहानगरको सहकार्यमा यही चैत्र ९ गतेदेखि ११ गतेसम्म हुन लागेको हो । 

फाउण्डेशनका प्रदेश कमिटी संयोजक अभिशेक श्रेष्ठका अनुसार प्रदेश १ का विभिन्न तोल समुहका ५० जना खेलाडीहरु प्रतियोगितामा सहभागी हुने छन् । यहाँ विजयी खेलाडीहरुले राष्टिय प्रतियोगितामा भाग लिन पाउनेछन् ।  ओलम्पिक कमिटिको मापदण्ड अनुसार तोल समुह विभाजन गरि खेलाईने आयोजक कमिटीका संयोजक श्रेष्ठले जानकारी दिनु भयो । प्रतियोगिता गर्न करिव ३ लाख ६५ हजार खर्च हुने अनुमान गरिएको हो । खेल अवधी भरी खेलाडीहरुलाई खानबस्न आयोजनले व्यहोर्ने छ । त्यसका लागि महानगरका मेयर नागेश कोइरालासँग सहकार्य भइरहेको सयोजक श्रेष्ठले जानकारी दिनु भएको छ ।