धरान ।  कोशी प्रदेश नामाङ्कनलाई खारेज गरी पुनः पहिचानसहितको नामकरण गर्न माग गर्दै संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दले आज कोशी प्रदेशका धरान, इटहरीलगायत स्थानमा प्रभाव परेको छ । 

शनिबार धरानमा जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी, लिम्बुवान मञ्च, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङलगायत १४ वटा सङ्घ–संस्थाहरूले राँके जुलुस निकालेर आइतबार बन्दको जानकारी गराएका थिए । 

उनीहरूले प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानको आधारमा राख्नुपर्ने माग राखेका छन् । जनता समाजवादी पार्टीका धरान अध्यक्ष ताजुव लिम्बूले कोशी प्रदेशका १४ वटै जिल्लामा बन्द गरिएको बताउनु भयो । 

बन्दको कारण लामो दुरीका सवारी साधन चलेका छैनन् । भानुचोक बाहिर साना सवारी साधनहरु गुडिरेहका छन् । शैक्षिक संस्था र व्यापारीक सटरहरु बन्द छन् । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । 

banda dharan