• विपुल कुमार

गणतन्त्रमा प्रवेश गरेपछि भारतले प्राप्त गरेको सफलता, विकास र समृद्धि लोभलाग्दो छ । अधिक नजिकको खुला सीमायुक्त छिमेकी हुनुको नाताले भारतबाट नेपालले यसको लाभ उठाउन सक्दो कोसिस गरिनुपर्नेमा यो अझै अपर्याप्त नै रहेको कटु यथार्थ हो । यस सवालमा आर्थिक तथा राजनीतिक रूपमा स्थिर बन्न नसक्नु हाम्रो दुर्भाग्य हो । निश्चय नै भूगोल बदलिँदैन, परापूर्वकालदेखि रहेको अन्तरसम्बन्ध पनि टुट्न सक्दैन र पनि समयसँगै पुस्ता बदलिन्छ अनि बदलिएको पुस्तासँगै सम्बन्धले नयाँ व्याख्या, नयाँ आयाम र अवसर खोजिरहेको हुन्छ । तर, यो बदलावको खोजीलाई भ्रमपूर्ण अपव्याख्याको जलप दिएर मित्रराष्टू भारतसँगको अन्योन्याश्रित सम्बन्धलाई नै खलल पु¥याउन खोज्ने प्रवृत्ति यदाकदा यहाँ टाउको उठाउन खोज्छ ।
तथाकथित राष्टूवादको आवरणमा द्विदेशीय सम्बन्ध भड्काउन खोजिए पनि सम्बन्धको अन्तरनिर्भरता भने ज्युँकात्युँ रहेको सत्य अस्वीकार गर्न भने कसैले सक्दैन ।
समान सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक व्यवस्था भएका दुई छिमेकी भारत र नेपालबीच हाल उत्पन्न भएको ठानिएको तनावको अवस्था पनि यही सङ्कीर्ण राजनीतिक नेतृत्वको उपज हो । यसका बाबजुद मित्रराष्टू भारतले नेपालमा शान्ति र विकासको आफ्नो चाहनालाई पटक(पटक दोहो¥याउँदै आएको छ । नेपालको जलस्रोतलगायत यावत् प्राकृतिक स्रोत एवम् पर्यटकीय सम्भावनाको भरपूर सदुपयोग हुनुपर्छ र त्यसका लागि आवश्यक सहयोग उपलब्ध गराउन भारत तत्पर रहेको धारणा भारतीय पक्षबाट बारबार प्रकट गरिँदै आएका छन् । छिमेकी समृद्ध भए मात्र आफ्नो पनि प्रगतिको मार्ग उन्नत हुनसक्छ भन्ने मान्यताबाट भारतको यस्तो धारणा आएको मननीय विषय हो ।
सबभन्दा नजिकको छिमेकी हुनुको नाताले नेपाल र भारतबीच आपसी मित्रता, सौहाद्र्धता, साथ(सहयोग आदानप्रदानसँगै राजनीतिक कोणबाट बेलाबखत विवाद वा थोरधेर असन्तोषको भाव पनि प्रकट नभएका होइनन् । तर, यी दुई देशबीच विद्यमान प्राकृतिक तवरको मित्रताका कारण त्यसप्रकारका असहज वा अस्वाभाविक परिस्थितिको व्यवस्थापन पनि स्वतः नै भइआएका दृष्टान्तहरू छन् ।
भारत आज हातका औँलामा गन्न सकिने विश्वकै समृद्ध शक्तिराष्टूको पङ्क्तिमा उभिन पुगेको तथ्य छर्लङ्ग छ । पराधीनताको तिक्तता व्यहोरेको हुँदा राष्टिूय स्वाधीनताको महत्व कस्तो हुन्छ भन्ने कुरा भारत वा भारतीय जनताले राम्ररी महसुस गरेका छन् ।
त्यसैको प्रतिफल आज उनीहरूको राष्टिूयताप्रतिको भावना अनुकरणीय मानिन्छ । भारतको गणतन्त्रले प्रदान गरेको समानता र आत्मगौरवको भावले पनि भारतलाई विकासको फड्को मार्न जनताको साथ(समर्थन रहेको छ । सर्वाधिक निकटको छिमेकी मित्रदेश हुनुको नाताले भारतका सामाजिक, आर्थिक, राजनीतिक क्रियाकलाप वा आयामहरूको सोझो प्रभाव नेपालमा पर्दछ । त्यसमाथि नेपाल तीनतिरबाट भारतवेष्टित हुनुको कारण नेपालसँग जोडिएका भारतका पाँचवटा प्रदेशसँग त भौगोलिक एकरूपता र सांस्कृतिक समानता मात्र नभई हाम्रो अन्तरनिर्भरता पनि त्यत्तिकै छ । दुवै देशका नागरिक विशेष गरेर भारतका पाँच प्रदेश र ती पाँचसँग जोडिएको नेपाली भूभागका मानिस एक(अर्कासँग अविभाज्यझैँ गाँसिएका छन् ।
भारतका हरेकजसो भूभागमा नेपाली पुगेका छन् भने कतिपय ठाउँमा त रैथानेसरह (आफ्नै देशमा झैँ) भएर बसेका छन् । यस भौगोलिक(सांस्कृतिक परिवेशमा नेपालले आफ्नो भारतसँगको सम्बन्धलाई हेर्दै आएको छ, हेर्नुपर्ने हुन्छ । सम्बन्धका कतिपय उतारचढावपूर्ण उहापोहबीच पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल र नेपालीहरूसँगको बहुआयामिक सम्बन्धको सम्मान एवम् पारस्परिक हित वा सहयोगका लागि लालायित रहेको सचेत तप्काबाट छिपेको विषय होइन । दुःखको कुराचाहिँ के छ भने मित्रराष्टू भारतबाट नेपालसँगको सम्बन्धलाई उन्नत बनाउने लालसा अनेक सन्दर्भ वा कोणबाट प्रकट भइरहँदा पनि नेपाली नेतृत्वले भने भारतसँगको सम्बन्धका नयाँ आयाम पहिल्याउनेबारे ठोस नीति र परियोजना पहिल्याउनै नसकेको अवस्था छ ।
नेपाल(भारत सम्बन्ध जति गहिरो छ त्यत्तिकै जटिल पनि छ भन्ने आवाज बेला(बेलामा मुखरित हुने गरेको सन्दर्भमा सम्बन्धलाई यसरी जटिल गाँठोको रूपमा चिनाउन उद्यत् प्रवृत्ति कसरी किन निम्तिने गर्छ भन्ने प्रश्नको चुरो पहिल्याउनु अपरिहार्य ठानिएको छ । सम्बन्धलाई नयाँ परिभाषा दिनका लागि विश्वासिलो राजनीतिक र व्यावहारिक वातावरण बनाउन हामी वास्तवमै चुकिरहेका छौँ र पनि सम्बन्धको ‘जटिलता’ आफ्नो ठाउँमा र जनता(जनताबीचको सम्बन्ध आफ्नै लयमा चलिरहनु सुखद् पक्ष हो ।
नेपाल(भारत सम्बन्धका धेरै आयामहरू छन् । राज्य(राज्य सम्बन्ध, राजनीतिक दलहरूबीचको सम्बन्ध, सांस्कृतिक सम्बन्ध, जनता(जनता बीचको सम्बन्ध, उद्यमी(व्यवसायी बीचका सम्बन्ध र आध्यात्मिक(दार्शनिक सम्बन्ध आदि । यो सम्बन्ध मानव जीवनका अनेकौं आयामहरूमा फैलिएको छ ।
राज्यस्तरमा सम्बन्धमा यस्तो अभूतपूर्व जटिलता आएको बेलामा पनि जनस्तरको सम्बन्ध भने पूर्ववत् र सुमधुर रहनुले हाम्रो सम्बन्धको वहुआयामलाई अभिव्यक्त गर्छन् ।
नागरिक स्तरमा रहेकोे सौहाद्र्रता राजनीतिक सम्बन्धमा सधैभरि प्रतिबिम्बित हुँदैन, बरू बेलाबेलामा अविश्वास, आशङ्का र उतार(चढावका छायाहरू देखा पर्ने गर्छन् । कहिलेकाँही यस्तो अविश्वासले पारस्परिक सम्बन्धमा असहजता निम्त्याउने गरेको गरेको छ ।
नेपाल(भारत सम्बन्ध दुई देशका बीचमा राजनीतिक सीमा रेखा कोरिएपछिको युगमा सुरू भएको नयाँ सम्बन्ध होइन । पारस्परिक सम्बन्धका पदचिह्नहरू प्राग(ऐतिहासिक कालदेखि नै खोज्न सकिन्छ, जतिबेला मानव जाति आफ्नो अस्तित्वका निम्ति प्रकृतिसँग सङ्घर्ष गर्दै थियो । आधुनिक विभाजन रेखा कोरिनु अगावै, झण्डै पाँच हजार बर्ष अगाडिदेखि दुबै देशले पूर्वीय सभ्यताको विकासका निम्ति ठूलो योगदान गरेका छन् । वेदका कैयौं ऋचाहरू यही भूमिमा कोरिएका छन् । उपनिषद्हरू यतै सिर्जना गरिएका छन् । लोकायत, साङ्ख्य, न्याय, वौद्ध र जैन जस्ता युगीन दर्शनहरूको प्रतिपादन यतै भएको छ र योग, तन्त्र, आयुर्वेद, सङ्गीत, नृत्य जस्ता मानव जातिका महान् उपलव्धिहरू यतै निर्माण भएका छन् । भारत विद्या आर्जनका लागि धेरै नेपालीको गन्तव्य बन्दै आएको छ भने नेपाल ज्ञान र शान्तिको खोजीका लागि धेरै भारतीयहरूका लागि आध्यात्मिक रोजाइ रहँदै आएको छ ।
भारतको स्वतन्त्रता संग्राममा मनमोहन अधिकारी, बीपी कोइराला र कृष्णप्रसाद भट्टराई लगायत अग्रजहरूको प्रत्यक्ष सहभागिता, जेलजीवन एवम् राणाकालीन निरङ्कुशतन्त्रका बेला नेपालका लोकतान्त्रिक पार्टीहरू गठन भारतमा हुनु, नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतको सधैभरि सद्भाव रहनु हाम्रो सम्बन्धको विशिष्ट पक्ष हो ।
दुई देशबीचको सम्बन्धलाई समयानुकूल विकास गर्ने बिषयमा भने समस्याहरू रहँदै आएका छन् । सात सालको क्रान्तिपश्चात् स्वतन्त्र भारत र प्रजातान्त्रिक नेपालबीच सम्बन्धलाई नयाँ आयाम दिने आधार तैयार भएको थियो । तर त्यसलाई नयाँ ढङ्गले परिभाषित गर्न सकिएन । राणाहरूले आफ्नो सत्ता जोगाउन र भारतले आफ्नो प्रभावलाई कायम राख्न बनाइएको १९५० को सन्धिले दुई देशबीचको सम्बन्धलाई सधैभरि असहज अवस्थामा राख्यो । २०१७ सालपछि राजाहरूले तानाशाही शासनको औचित्य पुष्टि गर्न ‘राष्टूवाद’ लाई निकै प्रयोग गरे ।
नेपाल(भारत सम्बन्धका समग्र आयामहरूका बारेमा अध्ययन गर्न र सुझाव दिन दुबै देशबीच प्रवुद्ध समूहहरूको गठन भएको छ । राजनीति र कुटनीतिमा खारिएका व्यक्तित्वहरू सम्मिलित यस समूहले दिने सुझावले पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा उठाउन गहकिलो भूमिका खेल्ने अपेक्षा गरिएको छ । दुई देशबीच आपसी विश्वास र समझदारीमा उभिएको, सार्वभौम समानता र पारस्परिक लाभमाथि आधारित र दुई देशका जनताको अधिकतम हितमाथि आधारित सम्बन्ध नै समयको आवश्यकता हो ।
लामो समयसम्म इतिहासका भावनात्मक पक्षमाथि आधारित रहेको, एक कालखण्ड दुबै देशको आन्दोलनमा प्रत्यक्ष सङ्लग्न भएका ‘भेटूानहरू’को सदिच्छा एवम् प्रत्यक्ष सम्पर्कमाथि निर्भर रहेको नेपाल(भारत सम्बन्धलाई पछिल्ला केही बर्ष सुरक्षाको साँघुरो सोच र संयन्त्रहरूले नियन्त्रित ग¥यो । अब त्यसबाट बाहिर निस्कने बेला आएको छ । आर्थिक विकास अबको मुख्य एजेण्डा बन्नुपर्छ र यसलाई दुबै देशका नागरिकहरूको अधिकतम हितमा केन्द्रित गरिनु पर्छ । (मधेश दर्पण फिचर सेवा)