धरान /   शिक्षक एवम् समाजसेवी स्वर्गीय चक्रबहादुर पालुङ्वाको सम्झनामा उहाँको जन्मदिनको अवसरमा धरान १ स्थित पुर्नस्थापना गृहका अपांग, अशक्त र अनाथवालवालिका तथा वृद्ध–वृद्धाहरुलाई खाना खुवाइएको छ ।

लायन्स क्लब अफ धरान सिंहदेवीको आयोजना तथा चक्रबहादुर फाउण्डेशनको सहयोगमा  खाना खुवाइएको लाइन्स क्लवका डिष्ट्रिक चेयरपर्सन सुजेन्द्र तामाङले जानकारी दिनु भयो ।

क्लबका अध्यक्ष सन्ध्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा. योगेन्द्र पालुङ्वाले पिता स्वर्गीय मास्टर चक्रबहादुर पालुङ्वाले शिक्षा र सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानलाई जीवन्त राख्न परिवारका सदस्यहरुवाट पिताको नाममा फाउण्डेशन नै स्थापना गरेर सामाजिककार्यहरु गर्दै आएको बताउनु भयो । उहांकै जन्मदिनको अवसर पारेर उहांको सम्झनामा खाना वितरण गरिएको उहाँले बताउनु भयो । स्व. पालुङ्वाले आफ्नो जीवनीमा आधारित चक्रको युग चक्र नामक जीवनी ग्रन्थ समेत प्रकाशित गनुृ भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि मीना पुलामीले लायन्स क्लबको उद्देश्य नै समाज सेवा भएकाले आफ्नो दिवंगत वुवाको स्मृतिमा असहाय अशक्तहरुलाई खानावितरण गरेकोमा मास्टर चक्रबहादुर फाउण्डेशन र  लायन्स क्लब अफ धरान सिंहदेवी परिवारलाई विशेष धन्यवाद दिनुभएको थियो ।  

क्लबका अध्यक्ष सन्ध्या श्रेष्ठले क्लबको विभिन्न सेवामूलक कृयाकलापका अतिरिक्त क्लबका सदस्य र तीनका परिवारका सदस्यको जन्मदिन र पुण्य तीथिको अवसर पारेर समेत विभिन्न सामाजिककार्यहरु गर्दै आएको बताउनु भयो ।