धरान /  शनिवार धरानमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले चार वटा कार्यक्रम भ्याउनु भएको छ । गृह जिल्ला भाेजपुर पुगेर भरखरै काठमाडाै‌ पुग्नु भएकाे मन्त्री किराती आज दिउसाे १ बजे धरान आक्षपुग्नु भएकाे थियाे । आए लगत्तै उहाँलाई   कार्यक्रममा सहभागी हुन भ्याइन भ्याई  भएकाे थियाे । 

मन्त्री भएदेखि विभिन्न संघ संस्था, व्यक्तिहरुले लगाइदिने माला, खादा लगाउन अस्विकार गदैं आएनु भएको छ । शनिवार धरानमा भउको चार वटै कार्यक्रममा अन्य अतिथिहरु माला र खादामा सजिए पनि उहाँ भने सादा पोषक मैहुनुहुन्थ्यो । सुनसरी उद्योग बाािज्य महासंघ धरानले आयोजना गरेको धरान एक्स्पोको समापन कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले माला लगाएर स्वाग गर्न खोज्दा यस्तो चलन छैन् भनेर हातमा लिएर टेवलमा राख्नु भयो । यस्तै संघका अध्यक्ष विजय श्रेष्ठले पनि माला लगाएर स्वागत गर्न खोज्नु भयो तर अस्विकार गर्नु भयो । 


उहाँले सुरुमा धरानका पत्रकारहरुसँग छलफल गर्नु भएको थियो । पत्रकार महासंघ सुनसरीको हलमा प्रेस सेन्टर नेपाल सुसनरीको अगुवाईमा पत्रकारहरुसँग छलफल गर्नु भयो । त्यस पछि सुनसरी उद्योग बाणिज्य संघले आयाजना गरेको धरान एक्स्पोको समापन कार्यक्रममा सहभागी हुनु भएको थियो । लगतै सेछ टाभलिङले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सहभागी हुनु भएको थियो । उक्त कार्यक्रम पछि उहाँ धरानका माओवादी केन्द्रका कार्यकर्ताहरुसँग भेटघाट गर्नु भएको थियो । साँझ तिर पर्यटन व्यवसायीहरुसँग छलफल गर्नु भएको नेकपा माओवादी केन्द्रका धरान उपमहानगर कमिटी अध्यक्ष मनोज भट्टराईले जानकारी दिनु भयो । विहान ११ बजे आइपुग्ने भनिए पनि उहाँ १ बजे धरान आइपुग्नु भएको थियो । आए लगत्तै उहाँ कार्यक्रममा व्यस्थ हुनु भएको थियो ।