काठमाडौं  / रेष्टुराँको छ तलामाथिबाट खसेर घाइते हुनुभएका नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारको क्रममा मृत्यु भएको छ ।  

काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दानबहादुर कार्कीले उहाँको हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।

आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उहाँ घाइते हुनुभएको थियो । उहाँलाई तत्कालै नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पु¥याइएको थियो । 

उपचारको क्रममा उहाँको निधन भएको उहाँका दाजू नेकपा एसका  अध्यक्ष माधवकुमार नेपाललेजानकारी दिनु भएको छ । सरोज कानछा भाइहुन । उहाँ ६२ वर्षको हुनुहुन्थ्यो । उहाँका दुई छोरी अमेरिकामा हुनुहुन्छ ।