धरान । लोकप्रिय रक गायक सबिन राईले धरान एक्स्पोका आठौं दिन साङ्गीतिक प्रस्तुति दिने हुनु भएको छ । 

आफ्नो ब्यान्ड ‘सबिन राई एन्ड द फारोह’सँग प्रस्तुत हुन लागेका राईका ‘तिमी नै हौ’, ‘गुराँसका फेद मुनि’, ‘सम्झन्छु’ ‘समर्पण’, ‘धन्यवाद’, ‘कोमल त्यो तिम्रो’, ‘सम्झनाहरुलाई अँगाल्दै’, ‘जाउँ कि बसुँ’, ‘नमुना’, ‘मलाई अँगाली देउ’, ‘म संसार जित्ने’ लगायत गीत चर्चित छन् । 

नेपाली ब्रयान एडम्सका रुपमा परिचित गायक राईले साङ्गीतिक बजारमा ६ एल्बम प्रकाशित गरिसक्नु भएको छ । गायक राई तीन दशकदेखि गायक र रचनाकारका रुपमा निरन्तर नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । 

बेलुकी ६ बजेबाट प्रस्तुत हुने राईलाई स्थानीय कलाकार र समूहले साथ दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिनु भयो । धरान रङ्गशालामा फागुन ११ बाट सुरु भएको एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।