विराटनगर  / नेकपा एमालेले प्रदेश १ को नाम कोसी राख्ने प्रस्ताव संसद सचिवालयमा आज दर्ता गरेको छ।  

कोसी प्रदेश हुनु पर्ने प्रस्तावको प्रस्तावकमा एमाले  सांसद रामबहादुर राना र समर्थकमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी र एमालेका निरन राई रहनु भएको छ ।  

बुधबार दिउँसो प्रदेश सरकारले बैठकमा आजै नामाकरण टुंग्याउने गरी प्रस्ताव दर्ता गरिएको हो ।  प्रस्ताव टेबुलपछि नामकरणबारे बोल्न चाहने दलका नेता र सांसदलाई समय दिइनेछ। 

त्यसपछि संशोधनका लागि दुई घन्टा संसद्को बैठक स्थगित गरेर पुनः बैठक गरेर टेबल भएको नाम टुंगो लगाइने संसद सचिवलायले जनाउको छ । 

एकीकृत, जसपालगायतका साना दलले पहिचानका आधारमा नामकरण हुनुपर्ने भन्दै असहमति जनाए पनि प्रमुख तीन दलका नेता कोसी नामकरणमा सहमतिनमा पुगेका हुन । यो सहमतिसँगै प्रदेशको नाम कोसीलाई बहुमतले पारित हुने छ। 

पहिलो कार्यकालमा थाँती रहेको प्रदेशको नामकरणमा गोप्य छलफल गरेर प्रदेश सभामा दर्ता गराउने र  आजै सर्वसम्मतले पारित गराउन दलहरू सहमत भएका थिए। 

प्रदेशको नामकरण सहमतिमा टुंगो लगाउन मंगलबार दिनभर सरकार, संसदीय दल र पार्टीका केन्द्रीय नेताहरूको सर्वदलीय छलफल भएको थियो। 

यता  नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले प्रदेश नम्बर १ को नाम किराँत(लिम्बुवान(सगरमाथा राख्न प्रस्ताव पेस गरेको छ  । 

नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र राईले प्रस्ताव गरेको उक्त नाममा जसपाकी सांसद निर्मला लिम्बू र नेकपा एसमा कमलप्रसाल जगेबुले समर्थन गर्नु भएको छ ।


No photo description available.