विराटनगर / राजनीति दलको सहमतिमा प्रदेश १ को नामकरणको विषय प्रदेशसभामा आजै प्रवेश गराउने तयारी भएको छ ।

केही समयदेखिको निरन्तर दलका नेताहरुबीच भएको गोप्य छलफलपछि आज संसदमा नामाकरणको विषय प्रवेश गराउने तयारी गरिएको श्रोतले बताएको छ । बिहान १० बजे सर्वदलीय छलफलपछि प्रदेशसभामा प्रक्रियाका लागि नामले प्रवेश पाउने बताइएको छ ।

छलफल र बैठकमा सहभागी नेताहरूले जो जो छलफल बसेको हो सूचना नचुहाउने सहमति भएकोले विषयलाई गोप्य राखिएको नेकपा माओवादीका एक नेताले जानकारी दिनु भएको छ । 

नेकपा माओवादीले पहिचानसहितको नाममा जोड दिए पनि यदि अरु नाममा दुई तिहाइ पुग्ने भएमा त्यसैमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको बताइएको छ । 

कोसी नाममा दलहरुको सहभमति भएको श्रोतले बताएको छ ।  नेकपा एमालेले भने मंगलबार निर्देशानात्मक संसदीय दलको बैठक गरेको थियो । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीका प्रदेश अध्यक्ष, इन्चार्ज र केन्द्रीय अध्यक्षको समन्वय छलफल बढाउनु भएको थियो । एमाले स्थायी कमिटी सदस्यसमेत रहनु भएका मुख्यमन्त्री कार्कीले यस अघि नै प्रदेशको नाम कोसी हुनुपर्ने लबिङ गर्दै आउनु भएको थियो । 

नेकपा एमाले स‌सदीय दलले महत्वपूर्ण निर्णय हुने भन्दै‌ सबै माननीयहरुलाई अनिर्वाय उपस्थिति हुन निर्देशन जारी गरेकाे छ । 'आज  प्रदेशकाे नाम सबैकाे सहमतिमा  जारी हुन्छ । नाम भने काेशी काेशी किरातऽ सगरमाथालगायतका नामबाट कुनै सहमति हुने सम्भावना छ ।'- एक प्रदेशसभा सदस्यले भन्नु भयाे ।

यता  नेकपा समाजवादी पार्टीले भने पहिचान सहितको नाम प्रदेशसभामा दर्ता गराउने तयारी गरेको श्रोतले बताएको छ । 

पाँच बर्षको अवधीमा तीन मुख्यमन्त्रीहरु भइसक्दा समेत प्रदेशको नाम नभएकोमा आलोचना भइरहेको बेला प्रदेश सभामा आएको नामलाई सहमति गरेर पास गराउने तयारी भएको बताइएको छ । प्रदेश सभाको सुरुवात मै नामको प्रसताव लादा सजिलो हुने भएकाले मुख्यमन्त्री कार्किले नामको विषयमा सबै दलहरुसँग सहकार्य र छलफल अगाडी बढाइएको बताइएको छ ।