झापा  / झापामा जारी भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाईब्रेकरमा  ४–३ को अन्तरमा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । 

खेल बराबरमिा टुङगीए पछि टाईब्रेकरमा  नतिजा सार्वजनिक गरिएको थियो । 

टाईब्रेकरमा मच्छीन्द्रका रोजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोल रक्षकले बचाए । खेलमा आर्मीका सेसेहाङ आङदेम्बेको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पनि बचाएका थिए । 

 विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यही फागुन ७ गते देखी सुरु भएको प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता रहेको थियो ।