धरान  / यही चैत्र  चैत ५ गते हुने स्वबियुको निर्वाचनलाई लक्षित गरेर  अनेरास्ववियु पिण्डेस्वर क्याम्पस  कमिटी धरानले स्वबियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

अनेरास्ववियु स्थायी कमिटी सदस्य मोनालिसा श्रेष्ठको प्रमुख आतिथ्यतामा आयतबार  प्रशिक्षण कायृक्रम सम्पन्न गरेको हो । प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीहरुको समक्र हकहित र बैचारिक न्यायका लागि अनेरास्ववियु निरन्तर लागि रहेको बताउदैं देशभरका क्याम्पसहरुमा अनेरास्ववियुको नेतृत्वका लागि माहौल सृर्जना गर्न सुझावनु भएको थियो । 

कार्यक्रमको अध्यक्षता क्याम्पस कमिटी अध्यक्ष पवन अधिकारीले गर्नु भएको थियो ।  स्वबियु लक्षित प्रशिक्षण प्रमुख आतिथ्य  श्रेष्ठ र  प्रमुख प्रशिक्षक अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य  रोशन रेग्मीले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य नुलम राई, नेकपा(एमाले) धरान नगर कमिटी अध्यक्ष हर्कजङ्ग एभेङलगायतको उपस्थिति रहेको थियो ।