काठमाडौं  / प्रतिनिधिसभामा रहेका आठ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा डेढ घण्टा चलेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनु भएको छ ।  

बैठकमा नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता सहभागी भएको बताइएको छ । एमाले, रास्वपा र राप्रपा भने बैठकमा सहभागी नभएको बताइएको छ । 

माओवादी अध्यक्ष प्रचण्ड यहीपुस १० गते नेकपा एमालेलाई सभामुख र राष्टपति दिने सहमति गरेर उहाँको नेतृत्वमा सरकार बनाउनु भएको थियो । आज भने उहाँले एमालेसँगको सहमति तोडेर कांग्रेसलाई राष्टपति दिने सहमतिमा पुग्नु भएको छ ।