धरान / नेपालआइस नेचुरा मिस पुर्वान्चल २०१७ को बिजेता रुबी लिम्बुलाई यामाहा स्कुटिको धरान बिक्रेता गजुरमुखी ट्रेडर्सले शुक्रबार एक कार्यक्रमका बीच यामाहा फेसिनो स्कुटी प्रदान गरेको छ ।

गजुरमुखी ट्रेडर्सका सीइओ गोपाल आचार्य , बराह ज्वेलरीका प्रमुख प्रशाशकिय अधिकृत गंगा कालिकोटे ,नेपाल पत्रकार महासंघका अध्यक्ष अमर खड्का र आयोजक सिल्भर इन्टरटेनमेन्टका अध्यक्ष दिपक बनेपालीले संयुक्त रुपमा  बिजेता लिम्बुलाई यामाहा फेसिनो स्कुटी प्रदान गरिएको थियो ।

उनलाई रु १ लाख ९४ हजार नौ सय बराबरको स्कुटी प्रदान गरिएको छ । गएको डिसेम्बर २६ मा हंगकंग साँझ कार्यकर्ममा सहभागी भएर धरान फर्केकी बिजेता लिम्बुले आफ्नो हंगकंग अनुभव सुनाउदै  मिस पूर्वाञ्चलको रुपमा सामाजिक कार्यहरुलाई अगाडी बढाउन चाहेको बताइन ।