मोरङ /  विराटनगरमा रहेको ग्रेडेड सेकेण्डरी बोर्डिङ स्कूलमा ‘ग्रेडेड ट्यालेन्ट हन्ट’ को पहिलो अडिसन भएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा खोजी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको पहिलो अडिसन भएको हो ।
ग्रेडेड ट्यालेन्ट हन्टमा तीन वटा विधा समावेश गरिएको आयोजकले जनाएको छ । पहिलो अडिसनमा कक्षा ३ देखी १० सम्म अध्ययन गर्ने १ सय जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए । ४ चरण पार गरेपछि उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरु फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको दोस्रो चरणमा एक सय जनाबाट ६५ जना छनौट भएको प्रिन्सिपल सुवालले बताए । उनका अनुसार उत्कृष्ट प्रतिभा देखाउने विद्यार्थी छनौट गरिएको जानकारी दिए । जसमा गायनतर्फ २८, नृत्यमा २७ र अभियनमा १ जना छनौट भए ।
प्रतियोगिताको फाइनल फागुनमा हुने बताइएको छ । प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय प्रत्येक विधामा छनौट गरिनेछ ।