काठमाडौं  / द मस्ट टेनिस वल टचेस युजिङ द ह्यान्ड इन वान मिनेट टाइटलमा खोटाङका किङकङ राईले गिनिज वल्र्ड रेकर्ड बनाउन सफल हुनु भएको छ । उहाँलाई उपप्रधान तथा उर्जा सिचाइ जलस्रोत मन्त्री राजेन्द्र लिङदेलले गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको छ ।  मन्त्री लिङदेलले राईलाई मंगलबार कीर्तिमान कायम गरेको प्रमाणपत्र हस्तान्तरण गरेको कीर्तिमानी युवा संघका अध्यक्ष तथा गिनिज वल्र्ड रेकर्ड होडल्डर  चित्रकुमार कार्कीले जानकारी दिनु भयो । 

 अध्यक्ष कार्कीले नेपाल र नेपालीको नाम चिनाउन चाहाने नेपाली युवाहरुलाई आफ्नो सधैं सहयोग रहने बताउनु भयो । कार्कीको समन्वय र सहयोगमा नेपालमा थुप्रै गिनिज वल्र्ड रेकर्ड होल्डर बनेका छन् ।  राईले यस अगाडिको गिनिज रेकर्ड २७० स्कोर लाई तोडेर ३२५ स्कोर बनाएका थिए । राईलाई मन्त्री लिङदेलले सिहदरवारको हलमा प्रमाणपत्र हस्तान्तरण गनुृ भएको थियो ।